
उत्कल थापाको निर्देशनमा बनेको नेपाली चलचित्र जङ्गेको बिहीबार काठमाण्डौँको जय नेपाल सिनेमा हलमा प्रिमियर शो हुँदा उपस्थित कलाकारहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १६ वैशाख । शुक्रबार दुई एक्सन प्रधान चलचित्र ‘जङ्गे र ‘बाजीगर’ एकै साथ ‘रिलिज’ हुँदै छन् ।
उत्कल थापाको निर्देशनमा बनेको ‘जङ्ग’े पूर्णत पात्र केन्द्रित चलचित्र हो । त्यस्तै, रञ्जित राना मगरको निर्देशन रहेको ‘बाजीगर’मा ‘एक्सन’ थोरै ‘सोसियल ड्रामा’ रहेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।
सुशन प्रजापति र निर्देशक स्वयम्ले निर्माण गरेको ‘जङ्गे’को मुख्य भूमिकामा टेलिभिजनकर्मी सुरज सिंह ठकुरी हुनुहुन्छ । त्यस्तै, ऋचा शर्मा र शिखा शाहीलगायतलाई पनि चलचित्रमा देख्न सकिन्छ ।
त्यसैगरी, शेखर कोइराला निर्माता रहेको ‘बाजीगर’मा जीवन लुइँटेल, अनु शाह, सन्जोग कोइराला, निस्मा घिमिरे आदिको अभिनय रहेको छ ।
वसन्त सापकोटाको सङ्गीत रहेको चलचित्रमा इन्दिरा जोशीले गाएको ‘साकिरा…’ बोलको गीतले बजार लिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो