काठमाडौँ, १५ वैशाख । फिलिपिन्सको सान्तोरोसामा भएको तेस्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले तीन पदक हात पारेको छ ।
प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य गरी तीन पदक जितेको नेपाल कराते महासङ्घका महासचिव एवम् बादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जानकारी दिनुभयो ।
पुरुष खुला तौल समूहमा सिमोन खत्रीले नेपाललाई रजत पदक दिलाए । त्यसैगरी पुरुषकै ४५–५० केजीमा विकबहादुर थामी र ५०–५५ केजी तौल समूहमा मोहन तामाङले कास्य पदक हात पारे ।
पदक जितेर आज फर्किएका नेपाली टोलीलाई काठमाडौँ जिल्ला बादोरियो कराते डो सङ्घ र नेपाल बादोरियो कराते ब्ल्याक वेल्ट कमिटीले एक कार्यक्रम गरी बधाई ज्ञापन गरेको हो ।
सिमोन भने फिलिपिन्सबाटै जर्मनीको एकर्नफोर्डतर्फ प्रस्थान गरेका छन् । उनी अप्रिल ३० मा हुने बादो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुँदैछन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो