नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै १ सय ८३ जनालाई कारबाही गरेको छ । कारवाहीमा पर्नेमा केन्द्रीय सदस्य, सभासद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापति, क्षेत्रीय सभापतिका साथै महासमिति सदस्यहरु रहेका छन् । 
अनुशासन समितिका संयोजक आमोद उपाध्यायको कमिटीले गरेको कारवाहीमा पर्नेमा केन्द्रीय सदस्य सुजाता कोइराला, सभासद गणेशप्रसाद विमली, पूर्वमन्त्री सुशीला स्वार, सुशीलमान शेरचन, पर्शुराम पोखरेलरहितका नेता रहेका छन् ।
समितिका अनुसार दायर उजुरीबाट १ सय ८३ जना अनुशासन उल्लंघनको कारबाहीमा परेका छन् १२ जनाविरुद्ध दायर उजुरी पक्षबीच मेलमिलाप भएर फिर्ता गरिएको छ।
समितिले ८४ नेतालाई ३ देखि ६ महिना बहाल रहेको पदबाट मुक्त गरेको छ । २३ नेतालाई एक वर्षसम्म सदस्यता नै नरहने गरी निष्काशन गरेको छ भने आठ नेतालाई पदिय जिम्मेवारीबाट मुक्त गराउादै पार्टीको विभिन्न तहमा उम्मेदवार हुनबाट प्रतिवन्ध लगाएको छ । ३५ नेतालाई सचेत गराउनुको साथै पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारीदिने र त्यसका प्रस्तावक समर्थक ८० नेता तथा कार्यकर्तालाई यसअघि नै कारवाही गरी सकेको छ ।
कोइरालालाई बहाल रहेका पदबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । कोइराला कांग्रेसको केन्द्रीय सदस्य र अन्तर्राष्ट्रिय विभागकी प्रमुख हुन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो