
ब्रसेल्स, १३ वैशाख । आत्मघाती बम आक्रमणपछि बन्द ब्रसेल्स मेट्रो स्टेसन सोमबारदेखि सञ्चालनमा आएको छ ।
उक्त मेट्रो स्टेसनमा एक आत्मघाती बम आक्रमणकारीले विस्फोट गराउँदा १६ जनाको ज्यान लिएको हृदयविदारक हमलापछि केही समय अनुसन्धानका लागि बन्द गरिएको थियो । स्टेसनमा भएको विभत्स हमलापछि सुरक्षा अवस्थालाई पनि मध्यनजर राख्दै सेवा बन्द गरिएको थियो ।
घटनालाई विस्तारै बिर्सिदै गएपछि स्थानीयहरु सेवाका लागि स्टेसन पुग्न थालेका र प्राय अनुसन्धानको काम पनि सकिएकाले मालविक रेल स्टेसन खुला भएको उक्त स्टेसनका कर्मचारी भेनेसा सालेम्बिरले बताउनुभयो । काम फर्किदा खुशी त लागेको छ । तर त्यो हृदयविदारक घटनालाई सम्झिँदा अझै डर लाग्छ ।
उनले बाध्यताबस मैले यस ठाउँमा बिहानदेखि बेलुकासम्म काम गर्नैपर्छ, यो मेरो जागिर हो भनिन् ।
ब्रसेल्स विमानस्थलले आक्रमणको १२ औँ दिनपछि प्राय सेवा सञ्चालनमा ल्याउन सुरु गरेको बताउँदै यसलाई पूर्ण सञ्चालनमा ल्याउन आगामी जुनसम्म कुर्नुपर्ने भएको विमानस्थल स्रोतले बतायो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार