काठमाडौँ, १३ वैशाख । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले काठमाडौँ उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अग्रीम सूचना दिने यन्त्र जडान गरेको छ ।
प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग कीर्तिपुर, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामङ्गलमा अग्रिम सूचना दिने प्रणाली जडान गरिएको हो । सो प्रणाली जडान गरिएको ८० किमीको दूरीमा भूकम्प गए १० देखि २० सेकेन्ड अगावै सूचना पाउन सकिन्छ ।
सो यन्त्रले भूकम्प जानुपूर्व भूकम्पको केन्द्रबिन्दुको दूरी र तीव्रताका आधारमा भूकम्पीय तरङ्ग प्राप्त गरी मानिसलाई सचेत गराउने नास्टका प्रविधि प्रमुख डा सुरेशकुमार ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । “यो प्रविधि चार स्थानमा स्थापना गर्न चीनको इन्स्टिच्युट अफ केयर लाइफको सहयोगमा अनुदास्वरुप प्राप्त भएको हो, अन्य स्थानमा राख्न सरकारले आर्थिक सहयोग गरे नास्टले देशका विभिन्न भागमा जडान गर्ने योजना बनाएको छ”– उहाँले भन्नुभयो ।
सो प्रविधि जडान गरिएपछि विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र वरपरका मानिसलाई समेत भूकम्पको अग्रीम जानकारी प्राप्त हुँदा सुरक्षित हुने आशा जागेको सौर्य स्कुलका प्रअ भीमआङ लिम्बूले बताउनुभयो ।
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा