प्योङ्गयाङ्ग, १२ वैशाख । उत्तर कोरियाले सबम्यारिन युद्धपोतबाट प्रहार गर्न सकिने शक्तिशाली जल क्षेप्यास्त्र (अण्डर वाटर ब्यालिस्टीक मिसाइल) को सफल परीक्षण गरेको छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ्ग उनले उक्त क्षेप्यास्त्रको प्रथम परीक्षण गर्नुभएको यहाँको आधिकारिक समाचार समिति कोसिएनएले जनाएको छ ।
पानी मुन्तिर निकै लामो दूरीसम्म अत्यन्त तेजगतिका साथ जाने, आकाशमा पनि तेज गतिमा ठाडो सिधा (भरटिकल) गई लक्ष्यमा प्रहार गर्नसक्ने अत्यन्त शक्तिशाली बहुउद्देशयीय क्षेप्यास्त्रको कार्यसम्पादन सुनिश्चित गर्न उक्त परीक्षण गरिएको सर्वोच्च नेता किमले सो समाचार समितिलाई बताउनुभएको छ ।
उत्तर कोरिया यस्ता विभिन्न खाले शक्तिशाली सामरिक हातहतियार उत्पादन गर्नु क्षमता राख्दछ भनि प्रमाणित गर्न पनि सो परीक्षण गरेको जनाइएको छ ।
साथै मुलुकको जलसेनाको सामरिक शक्तिमा प्रचुरविकास गर्न एवम् परिआएमा दक्षिण कोरिया उच्च प्रवृति युक्त अत्याधुनिक वा संयुक्त राज्य अमेरिका समर्थित शक्तिहरु विरुद्ध आणविक युद्धका लागि चुनौति दिन समेत क्षेप्यास्त्र सक्षम रहेको समेत किमले दावी गर्नु भएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’