गोरखा, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष वैशाख १२ को ‘गोरखा भूकम्प’ को केन्द्रविन्दु बारपाक पुगेर भूकम्पस्मृति उद्यानको आज शिलान्यास गर्नुभएको छ ।
उहाँले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको पनि शिलान्यास गर्नुभयो ।
बारपाक वडा नं ४ र ५ को केही भाग समेटेर भूकम्पस्मृति उद्यान निर्माण गर्न लागिएको छ । यसअघि जिविसले बोटबिरुवा हुर्काएर उद्यान बनाएका ठाउँमा मृतकको सम्झना गर्दै भूकम्पस्मृति स्मृति बनाउने तयारी गरिएको हो ।
यस्तै राष्ट्रपति भण्डारीले एक भूकम्पपीडितको घरको शिलान्यास गर्दै गोरखा पुनःनिर्माणको शुभारम्भ पनि गर्नुभयो ।
बारपाक–४ का गोपाल विकको घर शिलान्यास गरेपछि राष्ट्रपति भण्डारीले अनुदान पाउने लाभग्राहीको नामावली (सूची) सार्वजानिक गर्नुभयो । उहाँ बारपाक– ४ स्थित हिमालय उमाविको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी पनि हुनुभयो । राष्ट्रपति भण्डारी ४५ मिनेट बारपाक गाउँ बसेर लाप्राकतर्फ जानुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो ।
लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले सघाउने बताउँदै आएको छ । एनआरएनलाई लाप्राक पुनःनिर्माणको स्वीकृति दिने सम्झौताका लागि राष्ट्रपति सहित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कर्मचारी पनि लाप्राक पुगेको बारपाक–४ का तेजबहादुर घलेले टेलिफोनमा जानकारी दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो