काठमाडौँ, १० वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा ११ दिने भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
अमेरिकी सेनाको कमाण्ड र जनरल स्टाफ कलेज फोर्ट लिभेनवर्थ कान्सास र बार कलेज कार्लिस्ले ब्यारेक पेन्सिल भेनियामा इन्टरनेसनल फेलोस् हल अफ फेम इन्डक्सन (इएचओएफ) समारोहमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अमेरिकी सेनाका शिक्षण संस्थाले त्यहाँबाट शिक्षा लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्री सम्मान ग्रहण गर्न जानुहुने भएको हो ।
यी दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेसनल हल अफ फेममा सम्मानित हुने उहाँ नेपाली सेनाको पहिलो प्रधानसेनापति हुनुहुन्छ ।
अमेरिका भ्रमणमा रहँदा प्रधानसेनापतिले त्यहाँका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृत र संयुक्त राष्ट्रसङ्घका पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।
प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सम्बन्धलाई थप प्रगाढ र सुदृढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
प्रधानसेनापति क्षत्री यही वैशाख २३ गते स्वदेश फर्कनुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो