
काठमाडौँ, ७ वैशाख । संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
सो प्रकरणमा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि आयोगले चासो देखाएको हो ।
रासससँग कुरा गर्दै आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरिएको बताउनुभयो ।
आयोगले आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालय लगायतका निकायसँग पनि छलफल गरिरहेको र यो प्रकरणसँग जोडिएका केही विषयमा छानबिन सुरु गरेको जनाएको छ ।
उक्त ‘पेपर्स लिक्स’मा नेपालका एक दर्जनभन्दा बढी मुछिएको बताइए पनि ती को हुन् र उनीहरुको आर्थिक अवस्था के हो भन्ने बारेमा प्रस्ट रुपमा सार्वजनिक जानकारी भने आउन सकेको छैन । “आयोगले पनि अध्ययन गर्न आवश्यक देखिएको छ,” आयोग प्रवक्ता पुष्करले भन्नुभयो – “यो अहिलेसम्म पूर्ण रुपमा स्पष्ट भइसकेको छैन । तर उक्त मेगा भ्रष्टाचारसँग नेपालको पनि कुनै न कुनै सम्बन्ध जोडिएको हुनसक्छ ।”
आयोगले विभिन्न मुलुकमा रहेका कूटनीतिक निकायसँग पनि आवश्यक परामर्श गरिरहेको छ । ‘‘नेपालका केही व्यक्तिको नाम जोडिनुले हामीलाई अध्ययन गर्नैपर्छ भन्ने देखाएको छ,” प्रवक्ता पुष्करले भन्नुभयो – ‘‘हामीले पहिलो चरणको सामान्य अध्ययन सकाएका छाँै । त्यसको विवरणका आधारमा थप अध्ययन हुन्छ ।” सबै तथ्यका आधारमा नेपालका करिब एक दर्जन अधिकारी एवम् व्यवसायी मुछिएको पाइएको र त्यसले मुलुकको प्रतिष्ठामाथि पनि आँच पुरयाएको आयोगको ठहर छ ।
विश्वका सत्तारूढ एवम् चर्चित नेता, खेलाडी, अभिनेता र व्यवसायीले कर छली गरेको उक्त पानामा पेपर्समा उल्लेख गरिएको थियो । मध्य अमेरिकी राष्ट्र पानामास्थित कानुनी सेवा प्रदायक कम्पनी मोसाक फोन्साकाले विश्वका गैरकानुनी कारोबार एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी दिइएका सेवाका दस्तावेज सार्वजनिक गरेको थियो ।
गोप्य रुपमा अरूका सम्पत्तिको कर छलीलाई लुकाउन सहयोग गर्ने चौथो ठूलो निकायका रुपमा त्यसलाई हेरिन्छ । त्यस खुलासामा १२ देशका १४२ नेता र तिनका आफन्तले कर तिर्नु नपर्ने स्थानमा सम्पत्ति जम्मा गर्ने गरेको खुलासा गरेको हो । त्यसमा विश्वका ८० देशका पत्रकारले एक करोड १५ लाख दस्तावेजको अध्ययन गरेर नतिजाबाहिर ल्याएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो