
क्वेटो, ५ वैशाख । क्वेटो (इक्वेडर), ६ वैशाख । इक्वेडरको सरकारले शनिबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ३५० पुगेको बताएको छ ।
भूकम्पमा मृत्यु हुने नागरिकको सङ्ख्या सोमबारसम्म ३५० पुगेको दुःखद खबर हामी जानकारी गराउछौंै, इक्वेडरका गृहमन्त्री सेजर नाभसले स्थानीय टेलिभिजनसँग भन्नुभयो । इक्वेडरको तटिय क्षेत्रमा शनिबार गएको शक्तिशाली भूकम्पमा यसअघि २७२ जनाको मृत्युभएको सरकारले यसअघि बताएको थियो ।
स्थानीय समयअनुसार शनिबार साँझ १८ः५८ मा गएको सो ७.८ रेक्टर स्केलको भूकम्प मुलुकको उत्तरपश्चिम तटिय क्षेत्रको आसपास इलाकामा १९ किलोमिटर गहिराइबाट गएको युएसजिएसले जनाएको थियो ।
इक्वेडर सरकारले राष्ट्रव्यापी सङ्कटकालको घोषणा गर्दै पूर्वगठित सङ्कटकालीन उद्धार समितिलाई तत्काल क्रियाशील बनाएको छ । राजधानी क्विटो भूकम्पको केन्द्रविन्दुबाट १७० किलोमिटर मात्र टाढा रहेको र ४० सेकेन्डसम्म ठूला कम्पन महसुुस गरिएको थियो ।
भूकम्पले विद्युत तथा टेलिफोन आपूर्ति ठप्प पारेको, सबैभन्दा ठूलो तटियनगर ग्वायाकिलमा एउटा फलाईओभर सडक भत्किएर गुडिरहेको एउटा कारमाथि बज्रिएको र एउटा सुपर मार्केटको छानो खसेको जनाइएको छ । त्यस्तै तटियनगर मान्टाको विमानस्थलको कन्ट्रोल टावरमा व्यापक क्षति हुँदा विमानस्थल नै बन्द गर्नुपरेको थियो ।
भूकम्प गएको घन्टौसम्म ५.६ रिक्टर स्केलसम्मका सयौँ साना ठूला झड्का आइरहेका थिए । ज्वालामुखी विस्फोटमा र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार