
काठमाडौँ, ६ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत जारी खेलमा नेपाललाई नामिबियाले २४० रनकोे लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको सम्मानजनक स्कोर बनायो । राम्रो सुरुवात गरेको उसका लागि कप्तान स्टेफन वार्डले अर्धशतकीय पारी खेल्दै ५१ तथा जेन ग्रिनले ४७ रन बनाए । त्यस्तै, सरेल बर्गरले अविजित ४३ तथा जेपी कोट्जेले ३२ रन जोडेपछि आज बलिङतर्फ नेपालले खराब सुरुवात गरयो ।
नेपालले पहिलो विकेटका लागि २०.४ ओभरसम्म कुर्नुपरयो । तर युवा बलर सन्दीप लामिछानेले नामिबियाका कप्तान बार्डलाई पेवेलियन फर्काएपछि नेपाल खेलमा फर्कियो । त्यसपछि पुनः सन्दीपले सातौँ विकेट लिँदै विकेट सङ्ख्या दोब्बर पारे । त्यस्तै, वसन्त रेग्मी र शक्ति गौचनले पनि समान दुई दुई विकेट लिए ।
त्यसैगरी, विकेटकिपर विनोद भण्डारीले एक क्याच र एक स्टम्पिङ गराए भने शरद भेषवाकर, कप्तान पारस खड्का, सुशन भारी र नरेश बुढाएरले एक एकजना नामिबियाका खेलाडीलाई रन आउट गराए ।
नेपाली बलर अन्तिममा पुनः सम्हालिन नसक्दा अन्तिम पाँच ओभरमा नामिबियाले छक्का, चौका प्रहार गर्दै सम्मानजनक स्कोर बनाउन सक्यो ।
आज नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, राजेश पुलामी मगर, सागर पुन, नरेश बुढाएर र सन्दीप लामिछाने छन् ।
प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । सो जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सपना जीवितै छ ।
यदि आजको खेलमा नेपालले नामिबियालाई पराजित गर्न सकेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा