
प्रेस चौतारी नेपालको कार्यालयमा बिहीबार चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले नेकपा (एमाले) सोलुखुम्बुका जिल्ला समिति सदस्य लाक्पाघेलु शेर्पालाई आरोहणका क्रममा सगरमाथामा फहराउनका लागि चौतारीको झन्डा हस्तान्तरण गर्दै । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, २ वैशाख । नेकपा एमाले सोलुखुम्बुका जिल्ला समिति सदस्य तथा प्रेस चौतारी नेपालका सदस्य लाक्पाघेलु शेर्पाले प्रेस चौतारी नेपालको झन्डा सगरमाथाको चुचुरोमा फहराउने हुनुभएको छ ।
प्रेस चौतारी नेपालको कार्यालयमा आज चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले शेर्पालाई सगरमाथामा फहराउनका लागि चौतारीको झन्डा हस्तान्तरण गर्नुभएको छ । अर्यालले चौतारीको महाधिवेशनको पूर्वसन्ध्यामा चौतारीको झन्डा फहराउन लागिएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
शेर्पाले नेकपा ९एमाले०को शुभेच्छुक संस्था चौतारीको झन्डा सगरमाथामा फहराउन दृढ इच्छा रहेको उल्लेख गर्दै “म अहिलेसम्म ११ पटक सगरमाथा चढेँ, यसपटक चौतारीको झन्डा फहराउने भएकोमा ज्यादा खुसी छु,” भन्नुभयो ।
उहाँले सगरमाथा तीन करोड नेपालीको साझा सम्पत्ति भएकाले त्यहाँबाट उठेको रकम विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
शेर्पा एभरेस्ट परिवार टेकिङमार्फत वैशाख ३ गते त्यसतर्फ जाँदै हुनुहुन्छ भने उहाँले आगामी मे महिनाको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म सगरमाथा आरोहण गर्दै हुनुहुन्छ । उहाँको अब हुने आरोहण १२औँ हो । उहाँका साथ १० विदेशीसहित १२ जना सगरमाथा चढ्दै हुनुहुन्छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान