जेनभा, १ वैशाख । सिरियामा गएको पाँच वर्षदेखि जारी रहेको हिंसाको अन्त्यका लागि बुधबारबाट शान्ति वार्ता सुरु भएको खबर छ ।
उक्त वार्ता जेनेभामा सुरु भएको बताइएको छ । बुधबारबाट सो वार्ता जेनेभामा सुरु भएको समाचार संयुक्त राष्ट्रसङ्घीय अधिकारीले पनि दिएका छन् ।
बुधबार यता सिरियामा सरकारी नियन्त्रणमा रहेका स्थानहरुमा आमनिर्वाचनको लागि नागरिक मतदान गर्न लामबद्ध भएका छन् । यसै दिन उता जेनेभामा भने शान्तिवार्ता सुरु भएको बताइएको छ ।
बुधबार सिरियामा संसद्को निर्वाचनका लागि मतदान सुरु भएको छ । यस निर्वाचनलाई विपक्षीले भने बहिस्कार गरेका छन् ।
जेनेभामा बुधबार सुरु भएको शान्ति वार्ताको मध्यस्थता संयुक्त राष्ट्रसङ्घले गरेको छ । यस वार्तामा सिरियाली सरकारका प्रतिनिधिको सहभागिता छ ।
यस वार्ताको अगाडि सिरियाली राष्ट्रपतिका विशेष प्रतिनिधि, रसिया र इरानी अधिकारीहरुसँग पनि राष्ट्रसङ्घीय प्रतिनिधिले भेट गरेका छन् ।
वार्ताको सुरुवातभन्दा अघि गरिएको यस भेटका क्रममा रसिया र इरानले वार्ताको निकासका लागि राष्ट्रसङ्घलाई आग्रह गरेको बताइएको छ ।
सिरियामा दुई महिना अघिदेखि नै युद्धविराम सुरु भएको हो । युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर यति लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन ।
रसिया सिरियाको सहयोगी देश हो । यस वार्ताको अगुवाई पनि अमेरिका र रसियाले नै गरेका हुन् । तर सिरियाली विपक्षीले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको थिएन ।
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ ।
सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएका तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ ।
यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब नौ हजार महिला रहेका छन् ।
यसैगरी गैरजिहादी विद्रोही लडाकू ४६ हजार ५०० जना जति मारिएका छन् भने हजारौँको सङ्ख्यामा इस्लामिक र अतिवादी लडाकूहरु पनि परेका छन् । यी लडाकूहरुमा विदेशीसमेत रहेका छन् ।
सिरियामा आन्दोलनरत विपक्षीहरुले आ–आफ्ना हिंसात्मक गतिविधि रोक्नुका साथै आगामी दिनमा अन्य विभिन्न अतिवादी समूहहरुका तर्फबाट संचालित हिंसाको अन्त्यका लागि पनि पहल गर्र्नेे विषयमा दुई शक्ति राष्ट्र अमेरिका र रसियाको सहमति भएको थियो ।
अब सिरियामा स्थायी शान्ति आउछ भन्ने बलियो आशा जागेको जनताले जनाएका छन् । यस वार्ताप्रति आपूmहरु आशावादी रहेको जानकारी यसअघि पनि बताउदै आएका छन् ।
निर्वाचनलाई मान्यता छैन–राष्ट्रसङ्घ
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार हाल सिरियामा सुरु भएको भनिएको आमनिर्वाचनका लागि संयुक्त राष्ट्रसङ्घले मान्यता नदिने बताएको छ ।
सिरिया हाल कतिपय प्रान्त विपक्षीहरुको कब्जामा रहेको छ । सीमित मात्र भूभाग आफ्नो कब्जामा रहेको भएपनि राष्ट्रपतिले आमनिर्वाचनको आह्वान गरेका छन् ।
तर सो निर्वाचन अवैधानिक रहेको भन्दै पाँच वर्षदेखि आन्दोलन जारी राखेका विपक्षीहरुले निर्वाचनमा सहभागिता नजनाउने जनाएका छन् ।
देशका सबैजसो नागरिकले मतदानमा सहभागिता जनाउने अवस्था नरहेको र लाखौँ लाख नागरिक देश छोडेर भाग्नुपर्ने अवस्था रहेकोले यो निर्वाचन वैधानिक नरहेको धारणा राष्ट्रसंघको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो