
काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई मधेसमा आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज देशबासीको नाममा सम्बोधन गर्दै उहाँले वार्ता र संवादमार्फत सबै प्रकारका समस्याको हल हुने भएकाले कुनै पनि बहानाबाजी नगरी सार्थक संवादमा आउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्र लगामबिनाको घोडा बन्न सक्दैन । लोकतन्त्रका विभिन्न आयाम हुने भएकाले अराजकता स्वीकार्य हुँदैन ।”
प्रधानमन्त्रीले चाडवाडका बेला जनताले मट्टितेल नपाएको, जीवन रक्षक औषधि नभएको र मुलुक अघोषित नाकाबन्दीको चपेटामा परेको असाध्यै अप्ठ्यारो अवस्थामा सरकार गठन भइ ६ महिना पूरा गरेको बताउनुभयो । राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको आन्दोलनमा आधा शताब्दी बिताएको र १४ औँ वर्ष जेल बसेको व्यक्ति कसरी विभेदकारी हुन सक्छ, भन्दै प्रधानमन्त्रीले प्रश्न गर्नुभयो ।
प्रधानमन्त्रीले जनताको मागअनुसार जारी भएको संविधानप्रति असन्तुष्टि रहे संशोधनका प्रक्रियाबाट सम्बोधन गर्न सकिने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय हित र एकताको पक्षमा उभिनु सबै नेपालीको कर्तव्य भएको भन्दै उहाँले तराई मधेसको बन्द हड्ताल र त्यसले देश र जनताको हित विपरीत पारेको प्रभावप्रति सचेत रहन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको यही चैत २५ गते ६ महिना पूरा गरेको छ । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा