
खोटाङको महादेवस्थान–१ स्थित बर्खेटारमा भएको दुर्घटनाग्रस्त बस । मङ्गलबार भएको बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या २३ पुगेको छ । तस्बिर ः सौजन्य ः प्रमोद श्रेष्ठ, खोटाङ रासस
खोटाङ, ३० चैत । स्थानीय बर्खेटारमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
मृत्यु हुनेमा १७ पुरुष र सात महिला छन् । मृतकमध्ये १७ जनाको सनाखत भएको छ । दुर्घटनामा परी बस चालक काठमाडौँका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई र उनका छोरा ओमश्री, उदिम राई, हेम सुनुवार, भविन राई तथा बजुनारायण श्रेष्ठको मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो ।
यस्तै खोटाङका विमला राई, सन्तोष कटुवाल, सुरेन्द्र राई, मेजर राई, भैरव राई, नेत्रकुमारी राई, गोविन्द तिमिल्सेना र खम्बबहादुर राई तथा सोलुखुम्बुका सुस्मा राई र सोम सुन्दासको समेत मृत्यु भएको छ ।
सदरमुकाम दिक्तेलबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६३७६ नंको यात्रुबाहक बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना भएको हो । सख्त घाइते २३ जनालाई नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइते सात यात्रुको अवस्था सामान्य रहेको बताइएको छ ।
घाइतेको हलेसी स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । घटनास्थल दिक्तेलबाट दश कोस टाढा पर्छ । साँघुरो सडकबाट करिब १५० मि तल खसेको बस भीरमा बाँसको घारीमा अड्किएको छ ।
दिक्तेलबाट बिहान ५ बजे छुटेको बस करिब ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेका सुरक्षाकर्मी तथा स्थानीयवासी उद्धारमा खटिएका छन् ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा