
डिल्लीबजारस्थित कन्या उच्च माविमा एसएलसी परीक्षामा सामेल भएका बहिरा विद्यार्थीहरुलाई निर्देशन दिदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
भक्तपुर, २९ चैत । यही चैत १८ गतेदेखि देशभर एकैसाथ सुरु भएको यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षा आज सम्पन्न भएको छ ।
छिटफुट घट्ना बाहेक परीक्षा देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । देशभर १ हजार ४४३ परीक्षा केन्द्रबाट कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए ।
प्राविधिक धारतर्फको प्रयोगात्मक परीक्षा आज सम्पन्न भएको हो भने त्यस बाहेकका परीक्षा गत शुक्रबार सम्पन्न भएका थिए ।
परीक्षा अवधीभर अनियमितता गर्ने ३२८ जना परीक्षार्थीलाई परीक्षाबाट निष्कासन गरिएको, ३७ जना निरीक्षक र ३० जना सहायक कर्मचारीसहित अन्य व्यक्ति गरी ३९५ जनालाई कारबाही गरेको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक काप्रीले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने नियम रहेपनि असारको दोश्रो सातासम्म परीक्षाफल सार्वजनिक गर्नेगरी तिब्ररुपमा काम गर्ने बताउनुभयो ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख