लन्डन । गोरखाली समाज यूकेको छैटौं वार्षिक साधारण सभाले जयप्रकाश गुरुङको अध्यक्षतामा निर्विरोध नयां कार्यसमिति गठन गरेको छ । नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कर्ण दर्लामी, उपाध्यक्षमा हरिभक्त न्यौपाने र तिलकुमारी गुरुङ तथा महासचिवमा अशोक ढकाल र आर्थिक संयोजकमा भिम तामाङ छानिएका छन् ।
त्यस्तै, सचिवमा मान गुरुङ, कोषाध्यक्षमा सुजित श्रेष्ठ, संयोजकमा धिरज गुरुङ चयन भएका छन् । समाजको नर्व निर्वाचित कार्यकारी सदस्यहरुमा कुमारी गुरुङ, संगीता मरहठ्ठा, लोक बहादुर गुरुङ, बुद्धि गुरुङ, सुबास गुरुङ, रबि गुरुङ, शन्त घले, दिनेश गुरुङ, देब गुरुङ, हरि गुरुङ, हेमकुमार गुरुङ, मिनकुमार गुरुङ र हेमा गुरुङ चुनिए ।
यस अघि वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा समाजका संरक्षक डा. राघवप्रसाद धितालले गोर्खाली समाज यूकेले गरेको कार्य सह्रानीय भएको चर्चा गर्दै समाज यस रुपमा अघि बढेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति भरत रोकाले आफ्नो कार्यकालमा भएका विभिन्न सकारात्मक कुराको चर्चा गर्दै गत वर्ष विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लालाई समाजले तत्कालीन तथा दीर्घकालीन राहतको विविध कार्य गरेको जानकारी गराए ।
कार्यक्रममा समाजलाई सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशीमान गुरुङ, विकलचन्द्र आचार्य, आशिष पन्त, फडकजित गुरुङ र धन गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
निर्वाचन समितिका विकलचन्द्र आचार्य, रणध्वज राना, फडकजित गुरुङ, सुर घलेले सम्पूर्ण निर्वाचन प्रक्रिया पुरा गर्दै समाजले आगामी दिनमा गर्नुपर्ने कार्यमा सुझाव दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा सबैलाई एक ढिक्का
पार्दै सक्दो समाजको हितमा काम गर्ने अठोट व्यक्त गरे ।
सन् २००४ सालमा स्थापित उक्त समाजले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।
गत वर्ष समाजले स्थापना गरेको १५ लाख रुपैयांको अक्षयकोष गोरखा जिल्ला कार्यलयमा दर्ता गरि खडा गरेको छ । यस अक्षयकोषको ब्याजले गोरखामा भूकम्पबाट बाबुआमा गुमाएका बच्चाहरुलाई पढाउने लक्ष्य राखिएको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान