काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनकी नेतृ सहाना प्रधानको निधन भएको छ । सोमबार राति ११ बजेर ५ मिनेटमा प्रधानकोभएको एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनाएका छन् । लामो समयदेखि विरामी प्रधान काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत थिइन । लामो समयदेखि ओछ्यान परेकी प्रधानलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो।
काठमाडौको असन त्यौडमा १९८४ साल असार ३ गते प्रधानको जन्म भएको थियो । २०४६ सालको जनआन्दोलनमा बामपन्थी दलहरुको तर्फबाट प्रधानले नेतृत्व गरेकी थिइन् । प्रधानकै अध्यक्षतामा पञ्चायती व्यवस्था विरोधी आन्दोलन गर्न बामपन्थी दलहरुको संयुक्त बाम मोर्चाको गठन गरेका थिए । २००४ साल बैशाखमा काठमाडौमा चार महिलाले प्रदर्शन गरेका थिए । प्रधानको साथमा कनकलता स्नेहलता र उनकै दिदी साधना रहेका थिए।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नि प्रधान शिक्षण पेशाबाट सक्रिय राजनीतिमा आएकी हुन् ।
सानो उमेरमा परिवारका साथ बर्मा गएकी प्रधानको परिवार दोस्रो विश्वयुद्ध चर्केपछि स्वदेश फर्किएको हो । नेपाल फर्केपछि राणा विरोधी आन्दोलनमा सक्रिय प्रधानसहित महिलाहरुले मताधिकारको माग सन् २००४ सालमा काठमाडौंमा प्रदर्शन गरेका थिए । पटक पटक गरी प्रधानले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो