लण्डन । तामाङ सोसाइटी युकेले पहिलोपटक महिला अध्यक्ष पाएको छ । सोसाइटीको गत शनिबार अल्डरसटमा सम्पन्न पाँचौँ अधिवेसनले अञ्जु योञ्जन तामाङलाई नयाँ अध्यक्ष निर्वाचित गरेको हो ।
निर्वाचन समितिका अध्यक्ष धर्म तामाङका अनुसार नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा होम लोप्चन र श्रीमती अमृता तामाङ, महासचिवमा ज्ञान तामाङ, कोषाध्यक्षमा श्रीमती संगीता लामा, सहकोषाध्यक्षमा बलबहादुर तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरुमा मनोरञ्जन सहायकतर्फ दलबहादुर ब्लेनडेन, खाद्य भीम तामाङ स्यांबो, वेभतर्फ सरोज तामाङ, वेभ सहायकमा शेखर तामाङ, मिडियामा लक्ष्मी घिसिङ, फोटो भिडियोमा शुक्र तामाङ, पेयपदार्थमा सन्तोष तामाङ, पेयपदार्थ सहायकमा अमर तामाङ, सम्पतिमा धिरज तामाङ घलान चुनिएका छन् । सहसचिव, मनोरञ्जन सदस्य र खाद्य सहायक सदस्य पद पूर्ति गर्न बाँकी रहेको छ ।
यस्तै, क्षेत्रीय प्रतिनिधिहरुमा डाबीबाट हर्क मोक्तान, विञ्चेष्टरबाट बलबहादुर लामा, बिर्मिङहामबाट गुम्बाराज तामाङ, आसफोर्डबाट फूलमान तामाङ, फोल्क्स्टोनबाट नरबहादुर तामाङ, अल्डरसट फार्नब्रोबाट मिनबहादुर लामा, क्याबर्ली स्याण्डहस्टबाट बम तामाङ घिसिङ, हाउन्स्लो फेल्ठमबाट श्रीमती शर्मिला तामाङ, वेम्ब्ली अल्पर्टनबाट दिल तामाङ, प्लमस्टिडबाट होम लोप्चन, रेडिङबाट नरेन्द्र तामाङ र सेवारत सैनिकहरुका तर्फबाट क्याप्टेन पालिजार तामाङ रहेका छन् ।
लामा गुरुहरुमा प्रेम लामा, हस्त लामा र मिंगमार लामा तथा सल्लाहकारहरुमा प्रेम तामाङ, धन लामा, प्रताप लामा, भास्कर तामाङ रहेका छन् एक सल्लाहकार नियुक्त गर्न बाँकी छ ।
निर्वाचन समितिमा रविन्द्र तामाङ र प्रेम तामाङ रहेका थिए ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ