लन्डन । बेलायतमा बस्ने र काम गर्नेहरुका लागि यो अप्रिल, २०१६ ले धेरै परिवर्तन ल्याउने भएको छ । धेरै नयां कानुन र नीतिहरु यसै महिनादेखि कार्यान्वयनमा आउंदैछन् । नयां कानुनले गैर युरोपेलीमात्र होइन, बेलायती नागरिक समेत प्रभावित हुने छन् ।
दि इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार, वार्षिक ३५ हजार पाउण्ड भन्दा कम्ती कमाउने गैर युरोपेली कामदार ५ वर्ष भन्दा बढि यो देशमा बस्न नपाउने नियम आउन लागेको छ । नयां नियमले नर्स, पिएचडी लेभल जागिर र सर्टेज अकुपेशन लिष्टमा रहेकालाई भने असर गर्ने छैन् । यद्यपि, शिक्षक र आइटी अनि मार्केटिङ क्षेत्रमा काम गर्नेले भने छिट्टै फर्कनुपर्ने पत्रिकाको दावी छ । यस परिवर्तन विरुद्ध एक लाख हस्ताक्षर समेत बुझाइएको थियो ।
इंग्ल्याण्डमा ब्यान्ड डि प्रोपर्टीमा बस्नेले करिब ५८ पाउण्डका दरले काउन्सिल ट्याक्स बढि तिर्नुपर्नेछ । ठूला घरहरुमा बस्नेले त यो भन्दा बढि तिर्नुपर्नेछ । आठ वर्ष यता यसपटक नै सबैभन्दा धेरै काउन्सिल कर वृद्धि गरिएको हो । देशका एकसय भन्दा बढि काउन्सिलले ४ प्रतिशतसम्म कर बढाउंदैछन् ।
गत १ अप्रिलदेखि नेशनल लिभिङ वेज ७.२० पाउण्ड प्रति घण्टा बनाइएको छ ।
आज ६ अप्रिलदेखि इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका कुकुर मालिकहरुले माइक्रो चिप राख्नुपर्ने कानुन लागू हुंदैछ । प्रत्येक धनीले घर पालुवा जनावरको विवरण पेटलग डेटाबेसमा राख्नुपर्नेछ । यसले हराएका कुकुर खोज्न सजिलो हुने र करदाता एवं च्यारिटीको वार्षिक खर्च ३३ मिलियन पाउण्ड जोगिने अपेक्षा छ ।
इंग्ल्याण्डमा एनएचएस प्रिस्क्रिप्सन शुल्क १ अप्रिलदेखि २० पेन्स वृद्धि गरि ८.४० पाउण्ड प्रति आइटम बनाइएको छ ।
साथै, ४० हजार पाउण्ड माथिको मुल्यमा दोश्रो घर किन्ने र बाइ टु ल्यान्डलडर्सले तीन प्रतिशत बढि स्ट्याम्प ड्यूटी तिर्नुपर्ने नयां नियम १ अप्रिलदेखि लागू भइसकेको छ । अप्रिल अघि अढाइ लाख पाउण्डको अतिरिक्त जायजेथा किन्नेले स्ट्याम्प ड्यूटी २५ सय पाउण्ड तिर्नुपथ्र्यो भने अब दशहजार पाउण्ड तिर्नुपर्नेछ ।
अन्य केही नियमहरु पनि कार्यान्वयनमा आउने जनाइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो