
लन्डन । सहारा यूकेले शनिबार आयोजना गरेको तेश्रो एभरेष्ट कप
उपाधि मंगोलियन भान्जा (एमबीजेड) ले जितेको छ । एमबीजेडले मेन क्याटगोरिज (युथ) तर्फ उपाधि जितेको हो । प्रतियोगितामा रनर अप सिग्नलर एफसी भयो भने टप स्कोरर र म्यान अफ दि म्याच उपाधि हिस्सी लामाले जिते ।
रेडिङस्थित एकेडेमी स्पोटर्स जोन रोब्सन रिक्रेसनल ग्राउण्डमा आयोजित ९ ए साइड प्रतियोगितामा मेन क्याटरिगोरिज (युथ) मा १६ टिम र ४० वर्ष उमेर माथिकाको भेट्रानतर्फ ८ टिम सामेल थिए ।
भेट्रानतर्फ वीनर पोखरा युनाइटेड एफसी भयो भने रनरअप केन्ट एफसी भएको सहारा यूकेका महासचिव कुमार गुरुङले जानकारी दिए ।
भेटेरानतर्फ सर्वाधिक गाेलकर्ता पाेखरा युनाइटेडका गिरिराज गुरूङ, उत्कृष्ट खेलाडी मुन्ना गुरूङ भए भने पाेखरा युनाइटेडले उपाधि जित्याे । रनर अपकाे उपाधि केन्ट एफसीले हात पार्याे ।
प्रतियोगितामा अध्यक्ष दिलिपकुमार गुरुङले अफिसियलहरुलाई टोकन अफ लभ र प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ लगायत अतिथिहरुले विभिन्न विधाका उपाधि प्रदान गरे ।
बिहान दश बजेबाट शुरु खेल व्यवस्थित तरिकाले सांझ ६ बजे सम्पन्न भएको थियो ।
प्रतियोगिता हेर्न पिपल मोर्गेजेज लिमिटेडका निर्देशक एवं मोर्गेज एडभाइजर सूर्यप्रकाश गुरुङ, काउन्सिलर इलेन म्याक इलिगोट, काउन्सिलर एस्ली पियर्स, ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन अध्यक्ष मानबहादुर गुरुङ, रेडिङ एक्स ब्रिटिश गोर्खाज एसोसिएसन अध्यक्ष बालकृष्ण राई, एल्डन सेल्टिक एफसीका अध्यक्ष डेभ आर्टवेल, स्पोर्टस् एकेडेमीका डेपुटी मेनेजर गेनर टाउनसेन्ड लगायत उपस्थित थिए ।
सन् २००९ देखि सहारा कप हुंदै आएकोमा सन् २०१२ देखि एभरेष्ट कप नामकरण गरिएको थियो । तर, यसअघि लगातार दुई वर्ष यो कप हुन सकेन ।
प्रतियाेगिताकाे मुख्य स्पाेन्सरमा पीपल माेर्गेज सर्भिसेज, हाेलि काउ टेकवे र गाेरखा बियर रहेका थिए । सहप्रायाेजकहरूमा गाेल्डेन एभरेष्ट ग्रुप र चारभन्ज्याङ तमु समाज युके थिए । प्रतियाेगितलाई गाेरखा हिल फाेल्कस्टन, याक एण्ड यति बाथ, गाेरखा प्यालेस रेष्टुरेन्ट अल्डरसट, गाेरखा हाेटल रेष्टुरेन्ट ब्ल्याकपुल, हाेस्ट मामा, जीनर्जी, पाेखरा ट्राभल एण्ड मनी, बालाजु इन्जरप्राइजेज, एभरेष्ट मनी एण्ड हिमालयन ट्राभल, गाेरखा सेक्युरिटी सर्भिसेज, राेयल अाेक रेष्टुरेन्ट एण्ड बार, पाेखरेली मन्च युकेले सहयाेग गरेका थिए ।
प्रतियाेगिताका निर्णायकहरूमा लाेकबहादुर गुरूङ, लेफ्टिनेण्ट चन्द्र गुरूङ, हरि श्रेष्ठ रहेका थिए ।
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त