
काठमाडौँ, १९ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने अधिकार कोहीकसैलाई नभएको बताउनुभएको छ ।
ललितपुरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘कमरेड निर्मल लामा र नेपाली राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको निर्णय नै आफूहरुलाई स्वीकार्य रहेको र अन्यथा कोहीकसैले चासो राख्नुको आवश्यकता नभएको बताउनुभयो ।
नेपालको स्वतन्त्रता रक्षाका लागि प्रतिरोध गर्न नेपाली जनता तयार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो– “नेपालको निर्णय गर्ने अधिकार नेपाली जनतालाई मात्रै छ, कोहीकसैले नेपालको संविधानमा यसो राख, उसो गर भन्ने अधिकार छैन ।”
नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रिय स्वतन्त्रतामा विभिन्न प्रकारको टीकाटिप्पणी सुरु भएको भन्दै त्यसविरुद्ध साझा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाओवादीका नेता अमिक शेरचन, लीलामणि पोखरेल र दीनानाथ शर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा चेतना जगाउने काम निर्मल लामाले सुरु गर्नुभएको बताउँदै वर्तमान सन्दर्भमा राष्ट्रियताका पक्षमा अझ दृढताका साथ उभिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले कम्युनिस्ट आन्दोलनभित्र ‘गरिखाने वर्ग’का नेता लामाको योगदानलाई स्मरण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय