
काठमाडौँ, १९ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने अधिकार कोहीकसैलाई नभएको बताउनुभएको छ ।
ललितपुरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘कमरेड निर्मल लामा र नेपाली राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको निर्णय नै आफूहरुलाई स्वीकार्य रहेको र अन्यथा कोहीकसैले चासो राख्नुको आवश्यकता नभएको बताउनुभयो ।
नेपालको स्वतन्त्रता रक्षाका लागि प्रतिरोध गर्न नेपाली जनता तयार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो– “नेपालको निर्णय गर्ने अधिकार नेपाली जनतालाई मात्रै छ, कोहीकसैले नेपालको संविधानमा यसो राख, उसो गर भन्ने अधिकार छैन ।”
नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रिय स्वतन्त्रतामा विभिन्न प्रकारको टीकाटिप्पणी सुरु भएको भन्दै त्यसविरुद्ध साझा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाओवादीका नेता अमिक शेरचन, लीलामणि पोखरेल र दीनानाथ शर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा चेतना जगाउने काम निर्मल लामाले सुरु गर्नुभएको बताउँदै वर्तमान सन्दर्भमा राष्ट्रियताका पक्षमा अझ दृढताका साथ उभिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले कम्युनिस्ट आन्दोलनभित्र ‘गरिखाने वर्ग’का नेता लामाको योगदानलाई स्मरण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने