लन्डन । भूकम्प पीडितको नाममा समूहगत प्रयासमा संकलित रकम एक्लैले सुटुक्क दूतावास लगेर बुझाएपछि यहां विवाद बढेको छ । रोशना गुरूङले उठेको रकम समेत पुरा नलगि लन्डनस्थित दूतावासमा हतार हतार बुझाएपछि समूहमा खटिएका अरु महिला आक्रोशित भएका छन् । उठेको रकम भन्दा नेपाली रू १,५०,६०० (एक लाख पचास हजार छ सय) कम रकम दूतावासमा बुझाइएपछि अन्यले असन्तुष्टि व्यक्त गरेका हुन् ।
महिला समाजसेवी शशी थापा सुब्बा लेख्छिन्ः
गत २०१५ सेप्टेम्बर १८ तारिख यता होम्स् फर ह्यूम्यानिटी संस्थाले भूकम्प पीडितको सहयोगार्थ च्यारिटी कार्यक्रमहरू गर्दै आएको छ । त्यस मध्येको एक कार्यक्रम हन्स्लो हिथ बस ग्यारेजमा १२ अक्टोबरका दिन र अर्को ग्यारेजमा त्यसको एकहप्ता पछि गरेर २ वटा च्यारिटी लञ्च रोशना गुरूङको विशेष सहयोगमा गरिएको थियो । उक्त कार्यक्रममा राफलबाट ९ सय पाउण्ड, खाना बेचेको जम्मा १,१०० पाउण्ड र रोशनाकै श्रीमानले नेपाली रू एक लाख पच्चीस हजार दिने वचन सहित जम्मा चार लाख सत्तरी हजार छ सय रुपैयां रोशना गुरूङले नै राखेकी थिइन् ।
पछि सो रकम बिसी फाउण्डेशन (जसले भूकम्प पीडितहरूका लागि एकहजार घर निर्माण गरिरहेको छ) मा पठाउने निर्णय भयो । रोशना गुरूङले उक्त संस्थाकी सदस्य बबी लामालाई आफ्नो पैसा नेपालमै भएको र उतैबाट हस्तान्तरण गर्ने शर्तमा यहां उठेको रकम तातो पानीको बोइलर जडान गर्न चलाउने अनुमति मागिन् । बबीले तत्कालै उक्त संस्थाकी कार्यक्रम संयोजक लक्ष्मी राई (लारा) लाई बताउंदा उनकै सहयोगमा उठेको रकम हो, नेपालमा चेक लिने गरी सल्लाह गरेर अनुमति दिउं भनिन् । त्यस पश्चात उठेको रकम नेपालमा बिसी फाउण्डेशनमा बुझाउन जाने बेला बबी लामाले सो रकम बराबरको चेक नेपालमा दिनेबारे ताकेता गर्दा रोशनाले ढिलासुस्ती र आनाकानी गर्न थालिन् ।
यही कुराले बबी र रोशनाको विवाद बढ्न थालेपछि बबीलाई धोका भएको शंका लागी आफूहरूसंग भएको अन्य रकम रू पांचलाख साठी हजार लक्ष्मी राई र बबी लामा नेपाल गएर बुझाए । पछि पनि रोशनासंग बारम्बार सो पैसाको ताकेता गर्न थाले उनीहरुले किनकि होम्स फर ह्यूम्यानिटीको लक्ष्य अनुरूप नै पैसा बुझाउन रोशनाको साथमा भएको पैसाले मात्र पूरा हुने थियो । नेपाली रू १००००० बुझाउने कुरा अनुसार नै रोशनाको पैसा लिन खोज्दा आफूलाई तिमीहरूको विश्वास नलागेको भन्दै टार्न खोजेपछि लक्ष्मी राई, बबी लामा, बिमला सेने, मात्रिका पौड्याल, राजेन्द्र भट्ट साथै म शशी थापा सुब्बा होम्स् फर ह्यूम्यानिटीका सदस्यहरू साथै रोशना गुरूङलाई पनि जोडेर एउटा भाइबर ग्रुप खडा गरि रोशनालाई सो पैसा भूकम्प पीडितको नाममा उठाइएको र जुन उद्देश्यले उठाएको हो त्यसरी नै खर्च गर्नुपर्नेबारे बारम्बार अनुरोध गरिरह्यौं ।
पीडितको नाममा क कसले ठगी गरिरहेको छ, नाम र संस्था सहित खुलाएर छापिदिने धम्की यही पंक्तिकारले भाइवरमा दिएपछि उक्त उठेको रकम भन्दा नेपाली रू १,५०,६०० (एक लाख पचास हजार छ सय) कम रकम दूतावासमा बुझाइएको समाचार एक वेवसाइटमा पढ्न पाए पछि म शशी थापा सुब्बा मज्जाले अप्रिल फूल मनाएं । मलाई मात्र होइन, नेपाली दूतावासलाई पनि मज्जाले झुक्काइछिन् रोशनाले तर मेरो आग्रह के भने ठगहरूको ठगी लुकाउने थलो नबनोस् नेपाली दूतावास ।
समाचार भित्रको अचार पनि लेखिनु पर्छ भनेर म संधै भन्ने गरेकी छु । पत्रकार महोदयले यति त सोध्नु पर्ने होइन र यो पैसा कहिले कसरी र क कसको मिहिनेतले उठेको ? कम से कम पत्रकारिताको एउटा बलियो पक्ष तिथी, मिति र स्थान पनि हो है साथी हो ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त