
लन्डन । नेपाली नयां वर्षको आगमन हुनै लाग्दा बेलायतको नेपाली समुदायमा विभिन्न कार्यक्रम तय गरिएका छन् । यसै क्रममा ग्रेटर रसमुर नेपाली कम्युनिटीले सदा जस्तै यस वर्ष पनि नयां वर्ष सांझ गर्ने तयारी गरेको छ ।
आगामी ८ अप्रिल सांझ कम्युनिटीले अल्डरसटस्थित इम्पायर हाउसमा नेपालका राष्ट्रिय कलाकारहरूको सहभागितामा कार्यक्रम गर्न लागेको हो ।
उक्त सांझमा नेपालबाट आएका कलाकारहरू वरिष्ठ गायक शम्भु राई साथै लोकदोहोरी गायक गायिका देविका केसी र रामजी खांड आउने कार्यक्रम छ । यस अलवा प्रथम नौमती बाजा गुल्मी यूकेको प्रस्तुति र स्थानीय वालवालिकाको कल्चरल शो मुख्य आकर्षण हुनेछन् ।
स्थानीय नेपाली व्याण्ड र डिजे पनि कार्यक्रममा समावेश भएको जनाउंदै कम्युनिटीले कार्यक्रममा सहभागी भएर नयां वर्ष शुभकामना आदानप्रदान एवं मनोरन्जन लिन आग्रह गरेको छ ।
यसैबीच, लन्डनमा पनि ८ अप्रिलकै सांझ नयां वर्ष कार्यक्रम हुने भएको छ । नेपलिज ब्रिटिश कम्युनिटी यूकेले साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लव हलमा कार्यक्रम गर्न लागेको अध्यक्ष कमल खनालले जनाएका छन् ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त