
लन्डन । नेपाली नयां वर्षको आगमन हुनै लाग्दा बेलायतको नेपाली समुदायमा विभिन्न कार्यक्रम तय गरिएका छन् । यसै क्रममा ग्रेटर रसमुर नेपाली कम्युनिटीले सदा जस्तै यस वर्ष पनि नयां वर्ष सांझ गर्ने तयारी गरेको छ ।
आगामी ८ अप्रिल सांझ कम्युनिटीले अल्डरसटस्थित इम्पायर हाउसमा नेपालका राष्ट्रिय कलाकारहरूको सहभागितामा कार्यक्रम गर्न लागेको हो ।
उक्त सांझमा नेपालबाट आएका कलाकारहरू वरिष्ठ गायक शम्भु राई साथै लोकदोहोरी गायक गायिका देविका केसी र रामजी खांड आउने कार्यक्रम छ । यस अलवा प्रथम नौमती बाजा गुल्मी यूकेको प्रस्तुति र स्थानीय वालवालिकाको कल्चरल शो मुख्य आकर्षण हुनेछन् ।
स्थानीय नेपाली व्याण्ड र डिजे पनि कार्यक्रममा समावेश भएको जनाउंदै कम्युनिटीले कार्यक्रममा सहभागी भएर नयां वर्ष शुभकामना आदानप्रदान एवं मनोरन्जन लिन आग्रह गरेको छ ।
यसैबीच, लन्डनमा पनि ८ अप्रिलकै सांझ नयां वर्ष कार्यक्रम हुने भएको छ । नेपलिज ब्रिटिश कम्युनिटी यूकेले साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लव हलमा कार्यक्रम गर्न लागेको अध्यक्ष कमल खनालले जनाएका छन् ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ