लाहोर, १६ चैत । पूर्वी पाकिस्तानी नगर लाहोरमा गत आइतबार भएको आत्मघाती आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ७६ पुगेको बताइएको छ ।
पाकिस्तानको पूर्वी भागमा रहेको लाहोर सहरमा रहेको एक सार्वजनिक पार्कमा सो आत्मघाती आक्रमण भएको थियो । यस हमलामा परी अरु करिब ३०० जना घाइते भएका थिए ।
आइतबार साँझ सार्वजनिक पार्कमा विदा मनाउन गएका बालबालिका र निर्दोष नागरिक गरी ७६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३०० भन्दाबढी घाइते भएको यस घटनाको जिम्मेवारी पाकिस्तानी तालिवानसँग सम्बन्धित एक आतङ्ककारी समूह जमात उल अहरारले लिएको थियो ।
सो समूहले आइतबारै अबेर राति जानकारी दिएको थियो । त्यस समूहले पाकिस्तानमा रहेका अल्पसङ्ख्यक क्रिश्चियन समुदायलाई लक्ष्य गरेर गरेको बताएको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी