
काठमाडौँ, १८ चैत । सूचना तथा सञ्चामन्त्री शेरधन राईले हालै वृद्धि गरिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि छलफल अघि बढाउनुभएको छ ।
न्यूनमत पारिश्रमिक वृद्धिका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार पत्रकारको पारिश्रमिक व्यवहारमै कार्यान्वयन गर्ने विषयमा मन्त्री राईले ठूला सञ्चारगृहका लगानीकर्तासँग परामर्श गर्नुभयो ।
मिडिया सोसाइटीको नेतृत्वमा सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा मन्त्री राईले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा सरोकारवाला सङ्घसंस्था र विज्ञको सुझावका आधारमा न्यूनतम तलव निर्धारण गरिने बताउनुभयो ।
मन्त्री राईले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सवालमा सकारात्मक ढङ्गबाट सहयोग गर्नसमेत मिडिया लगानीकर्तासँग आग्रह गर्नुभयो ।
सोही अवसरमा मिडिया सोसाइटीका प्रतिनिधिले न्यूनतम निर्धारण समितिले सिफारिस गरेको १९ हजार ५०० अहिलेकै अवस्थामा लागू गर्न कठिन हुने बताएका थिए ।
मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले लगानीकर्ताको सहभागिताबिना न्यूनतम पारिश्रमिक समितिले एकलौटी रूपमा गरेको सिफारिस आफूहरूलाई मान्न नहुने बताउनुभयो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सबै पक्षको छलफलका आधारमा समस्याको समाधान गरिने बताउनुभयो ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी