काठमाडौँ, १८ चैत । सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न युरोपेली सङ्घ (इयु)–भारत १३औँ सम्मेलनपछि जारी संयुक्त वक्तव्यप्रति आपत्ति जनाएको छ ।एकचालिसबुँदे संयुक्त वक्तव्यको १७ नं बुँदामा ‘इयु र भारतले भूकम्पपछिको पुनःनिर्माणमा नेपालको प्रयासमा क्षमता अभिवृद्धिसहित दीर्घकालीन विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै दिगो राजनीतिक स्थायित्वको प्रवद्र्धन र आर्थिक वृद्धिका लागि समावेशी संवैधानिक व्यवस्था गर्न तथा संविधानका बाँकी विषय समयबद्ध रुपमा सम्बोधन गर्नुपर्ने’ उल्लेख गरिएकामा त्यसप्रति सरकारले आपत्ति जनाएको हो ।
“लोकतान्त्रिक रुपमा निर्वाचित संविधानसभाबाट संविधान जारी भएको सबैलाई विदित छ, संविधानले नेपाली जनताका भावना पूर्णरुपेण समायोजन गरेको छ, संविधान जारी भएसँगै २०६३ सालमा राष्ट्रिय रुपमा थालिएको शान्तिप्रक्रिया औपचारिक निष्कर्षमा टुङ्गिएको र त्यसले सङ्घीय एवम् गणतन्त्रात्मक प्रणालीसहित लोकतन्त्रका उपलब्धिलाई संस्थागत गरेको छ”– इयु–भारत संयुक्त वक्तव्यप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
संविधान लेखन तथा त्यसको घोषणा मूलतः एउटा मुलुकको आन्तरिक मामिला हो र अहिले नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासको मार्गमा अग्रसर भएको उल्लेख गर्दै विज्ञप्तिमा इयु र भारतको संयुक्त वक्तव्यबाट नेपाली जनताको भावनामा मात्र चोट पुगेको नभई त्यसले एउटा राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने मौलिक सिद्धान्तको अवज्ञा तथा राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका मान्यताको उल्लङ्घन गरेको जनाइएको छ ।
नेपाली जनताको सार्वभौम एवम् लोकतान्त्रिक अधिकारको पूर्ण सम्मान गर्न र त्यस्ता अनावश्यक वक्तव्य नदिन सरकारले सम्बद्ध सबैलाई आग्रह गर्दै नेपाल सरकार र नेपाली जनता संविधानको दायराभित्र रहेर आफ्ना समस्या समाधान गर्न पूर्ण सक्षम रहेको स्पष्ट गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा