
लन्डन । गत वर्ष गठित ब्रिटिश गोर्खा नेपाली परिषद नामक संस्था विस्तार गरिएको छ । परिषदको हालै सम्पन्न बैठकले कार्यसमिति विस्तार गरेको हो ।
विस्तारित कार्यसमितिमा अध्यक्ष एकराज नेम्वाङ, उपाध्यक्षहरु किरण टी लिम्बु, प्रमिला लावुङ राई, किशोर गुरुङ, महासचिव भरतमणी
चोम्वाङ र सचिवमा निया देवान छन् ।
त्यसैगरि, सदस्यहरुमा सन्जयभक्त कंडेल, रोमियन वनेम, कुमार इश्वो, मनोज गुरुङ र सुवास राई रहेका छन् ।
बैठकले महासचिव सरहको कार्यक्षेत्र अधिकार रहने गरि विभागीय प्रमुखहरु पनि चुनेको छ । जसमा पत्रकारिता विभाग प्रमुखमा सन्जयभक्त कंडेल, साहित्यिकतर्फ कुमार इश्वो, संगीतमा पारु राई, कलाकारिता विभाग प्रमुखमा रोमियन वनेम र खेलकुदतर्फ विष्णु गुरुङ र सकुन नेम्वाङ छन् ।
क्षेत्रीय संयोजकहरुमा ज्ञान गुरुङ, रामजी राई, नरेन्द्र लिम्बु, सन्देश नेम्वाङ, आर के मल्ल, छत्र वनेम, इतिशा नेम्वाङ राई, सप्तराज राई र विजय लिङथेपलाई तोकिएको छ ।
परिषदको बैठकले भविष्यमा शाखा विस्तार गर्दै जाने, समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वको पहिचान गरि सम्मान र पुरस्कृत
गर्ने भएको छ ।
साथै, संस्थाले सांस्कृतिक कार्यक्रम, च्यारिटी र अन्य विभिन्न माध्यमबाट आर्थिक संकलन गरि नेपालमा पिछडिएका समुदायको हित र विकासका लागि काम गर्ने अठोट लिएको छ ।
संस्थाले सबै संघसंस्था र समुदायसंग हातेमालो गर्दै अगाडि बढ्ने र जुलाईदेखि अगष्टसम्म गोर्खा कल्चरल नाइट समर कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा