लन्डन । नेपाली व्याण्ड ‘नाइट’ ले अप्रिल महिना बेलायतका मुख्य शहरमा नेपाली धुन प्रस्तुत गर्ने भएको छ । नेपाली मौलिक बाजा प्रयोगलाई केन्द्रमा राखेको उक्त व्याण्ड मेकिङ ट्रयाक्स्ले आयोजना गरेको म्यूजिक टुरमा सहभागी हुन लागेको हो । ब्रिटिश लाइभ म्यूजिक क्षेत्रमा बेग्लै परिकल्पना लिएर सन् २०१० मा स्थापित उक्त संस्थाले विश्वभरका संगीत साधकहरुलाई एकै ठाउंमा उतारेर कन्सर्ट गर्ने गर्छ ।
नाइटले आगामी ५ अप्रिलमा ब्राइटन डोम, ६ अप्रिलमा बरी सेन्ट एडमन्ड्स, ९ अप्रिलमा गेट्सहेड, १३ मा मिल्टन किङस्, १४ मा बर्मिङहम, १५ मा म्यानचेस्टर, १६ अप्रिलमा क्यामब्रीज र १७ मा लन्डनको रिच मिक्समा कन्सर्ट गर्ने भएको छ ।
झण्डै ८ वर्षको अथक प्रयासपछि ‘अनि उकाली संगै ओराली…’ नामक पहिलो एल्बम विमोचनसंगै उक्त व्याण्ड जनमानसमा भिज्यो । उक्त एल्बमका गीतमा आप्रवासी कामदारको रोदन, गरिवी र शहरिया अनि ग्रामीण भेगको अन्तर दर्शाइएको छ । सुसेली, पालुवा, तुङना जस्ता २४ परम्परागत बाजा आत्मसात गरेको नाइट बजारमा त्यति धेरै लोकप्रिय भइसकेको छैन् तर उसले नेपाल देखि उजबेकिस्तान अनि यूकेसम्म आफ्नो कला देखाइसकेको छ । व्याण्डले भारतीय संगीत श्रष्टा ए आर रहमानसंग पनि काम गरिसकेको छ ।
नाइटको संगीत यात्राका आ आफ्नै अवरोध छन् । सन् २००६ मा निरज शाक्य, जसोन कुंवर र रनभ अधिकारी एक साथ आए । पछि यसमा नयां व्याण्ड सदस्यहरु थपिने जाने क्रम रहिरह्यो सन् २०१२ सम्म । अब चाहिं व्याण्ड स्थिरसंग अगाडि बढेको छ । यसले हरेक गीतमा नेपाली मौलिक बाजा पस्केर नेपाली संगीतमा नयां आयाम थपिरहेको कतिपयको बुझाइ छ ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ