
काठमाडौँ, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यक्रममा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै समग्र अभियानमा तीव्रता दिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी गोष्ठीको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू जनताले सोचेजस्तो गरी अघि नबढेको जनाउँदै, तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको हो ।
“समग्र सरकार र पुनःनिर्माणका कामबाट म आफू पनि सन्तुष्ट छैन । यसमा मेरो पनि दोष होला तर अन्य बाधा र अड्चन देखाएर अभियानलाई ढिलाइ गर्ने काम सह्य हुनेछैन । त्यसका लागि मन्त्रिपरिषद् वा संसद्बाट गर्नुपर्ने कामका लागि म तयार छु” – उहाँले भन्नुभयो । “अबदेखि कुनै पनि नाममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइनेछ, पुनःनिर्माणको सेवा गर्ने पवित्र काममा अतिरिक्त भत्तालाई सर्त बनाइएको भन्ने कुरा म पत्याउन सक्दिनँ । जनताको उत्साहलाई हामीले बाटो खोलिदिनुपर्छ । जनतालाई छानोमुनि ल्याउने काममा दशकौं वर्ष लाग्ने स्थिति भए राम्रो हुनेछैन ।”
प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयम्सेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ उचाइ र आत्मविश्वासका साथ पुनःनिर्माणका काम अघि बढाउन पटक पटक आग्रह गर्दै गत माघ २ बाट सुरु भएको पुनःनिर्माण महाभियानअन्तर्गत रानीपोखरी र धरहरा पुनःनिर्माणका कामको पनि आफूले प्रगति नदेखेकामा चिन्ता व्यक्त गर्नुभयो ।
‘मेरो धरहरा म बनाउँछु’ अभियानमा हालसम्म मन्त्री र केहीबाट गरी रु १८ लाखमात्र जम्मा भएकामा पनि उहाँले प्रश्न उठाउँदै यसमा संयन्त्र र जनस्तरबाट सहयोगको अपेक्षा राख्नुभयो ।
गृहमन्त्री शक्तिबहादुर बस्नेत, स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही, मुख्य सचिव डा सोमलाल सुवेदी, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीसमेत उपस्थित गोष्ठीमा विभिन्न मन्त्रालयका सचिवले आफू मातहतका पुनःनिर्माणका काम, त्यसका व्यवधान र आगामी कार्यक्रमबारे प्रस्तुति गर्ने र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जवाफ दिने कार्यक्रम छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी