काठमाडौँ, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको असरका कारण नेपालको मौसममा आज खराबी आएको छ ।
आज काठमाडौँसहित मध्य र पश्चिमी भेगमा भीषण हावाहुरी आयो भने केही स्थानमा वर्षासमेत भयो । अपराह्न चलेको हावाहुरीबाट काठमाडौँ उपत्यकावासी भयभित हुनपुगेका थिए ।
आइतबार देशको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको न्यून चापीय प्रणालीको असरले आज खासगरी काठमाडौँ उपत्यकाको मध्यभाग र पश्चिमको पोखरा आसपासका जिल्लामा हुन्डरी उठेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँमा अधिकतम २२ मिटर प्रतिसेकेन्डको वेगमा हावा बहेको थियो जुन प्रतिघन्टा ८० किमी हुनजान्छ । पोखरादेखि काठमाडौँसम्म ढाक्ने बादलको प्रणालीसमेत बनेको थियो ।
यो प्रणालीसँगै काठमाडौँमाथि उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्रको विकास भएर बढी प्रभाव काठमाडौँमा परेको मौसमविद् रिमालले उल्लेख गर्नुभयो ।
काठमाडौँ र पोखराबीचका केही क्षेत्रमा चट्याङ र विभिन्न क्षेत्रमा हल्का वर्षासमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा शून्य दशमलव एक र पोखरामा १६ दशमलव २ मिलिमिटर वर्षा भयो ।
मौसमविद् रिमालका अनुसार न्यूनचापीय प्रणाली क्रमशः पूवतर्फ सर्दै गएको छ र मङ्गलबारदेखि मौसममा सुधार आउनेछ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त