काठमाडौँ, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको असरका कारण नेपालको मौसममा आज खराबी आएको छ ।
आज काठमाडौँसहित मध्य र पश्चिमी भेगमा भीषण हावाहुरी आयो भने केही स्थानमा वर्षासमेत भयो । अपराह्न चलेको हावाहुरीबाट काठमाडौँ उपत्यकावासी भयभित हुनपुगेका थिए ।
आइतबार देशको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको न्यून चापीय प्रणालीको असरले आज खासगरी काठमाडौँ उपत्यकाको मध्यभाग र पश्चिमको पोखरा आसपासका जिल्लामा हुन्डरी उठेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँमा अधिकतम २२ मिटर प्रतिसेकेन्डको वेगमा हावा बहेको थियो जुन प्रतिघन्टा ८० किमी हुनजान्छ । पोखरादेखि काठमाडौँसम्म ढाक्ने बादलको प्रणालीसमेत बनेको थियो ।
यो प्रणालीसँगै काठमाडौँमाथि उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्रको विकास भएर बढी प्रभाव काठमाडौँमा परेको मौसमविद् रिमालले उल्लेख गर्नुभयो ।
काठमाडौँ र पोखराबीचका केही क्षेत्रमा चट्याङ र विभिन्न क्षेत्रमा हल्का वर्षासमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा शून्य दशमलव एक र पोखरामा १६ दशमलव २ मिलिमिटर वर्षा भयो ।
मौसमविद् रिमालका अनुसार न्यूनचापीय प्रणाली क्रमशः पूवतर्फ सर्दै गएको छ र मङ्गलबारदेखि मौसममा सुधार आउनेछ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी