
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित ‘रुरु निर्माण योजना तथा रुरु क्षेत्रको पर्यटकीय विकास’ विषयक अन्तरक्रियामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल तस्बिर ः कालिका खड्का, रासस
काठमाडौँ, १५ चैत । पौराणिककालदेखि पवित्र तीर्थस्थलका रुपमा रहेको नेपालको रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पुरातत्व विभागले तीन महिनाभित्र आधार तय गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज आयोजित ‘रुरु निर्माण योजना तथा रुरु क्षेत्रको पर्यटकीय विकास’ विषयको अन्तरक्रियामा तीन महिनाभित्र आधार तय गर्ने जानकारी दिइएको हो ।
त्यस्तै, सो क्षेत्रको समग्र विकासका लागि अहिलेसम्म भएका योजनालाई अध्यावधिक गर्दै तीन महिनाभित्र गुरुयोजना निर्माण गरिने छ । रिडीमा स्नान घाट, सार्वजनिक शौचालय निर्माण गर्न, प्राथमिकीकरण गरेर मठ मन्दिर मर्मत गर्न र जग्गा अधिग्रहण गर्न आगामी आर्थिक वर्षमा बजेट छुट्याउने पहल गर्ने विषयमा छलफल भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालमा साहसिक पर्यटनको क्षेत्रमा राम्रो काम भइरहेको भएपनि धार्मिक पर्यटनको क्षेत्रमा गर्नुपर्ने जति काम हुन नसकेको बताउनुभयो ।
खासखास क्षेत्रको राम्रो प्रचार गर्नसकिए दुई चार वर्षमै २० लाख पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो ।
नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले रुरु र रेसुङ्गा दुवै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले गुरु योजना निर्माण गरी विकासका काम अघि बढाउन जरुरी छ भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।
पूर्व मुख्य सचिव लीलामणि पौडेलले पर्यटन मन्त्रालयले ऊर्जा मन्त्रालयसँग पहल गरेर रुरु तालको एक वर्षभित्र सम्भाव्यता अध्ययन गरिसक्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने