
सोलुखुम्बु, १४ चैत । गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ ।
सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भन्नुभयो “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस वर्ष त डरलाग्दो रहेछ” ।
दुई वर्षदेखि आरोहण हुन नसकेको सगरमाथामा अर्को वर्ष हुन लागेको आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरु पहिलो शिविर पुग्न लागेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)को संयोजनमा बाटो बनाइरहेका उनीहरुले खाल्डा र चिरा परेको कारण अघिल्ला वर्षको भन्दा दोब्बर भ¥याङ प्रयोग गर्नुपरेको बताए । दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएर उनीहरुले त्यहाँ पुग्दा २०० बढी भ¥याङ प्रयोग हुने बताए ।
संसारकै सबैभन्दा अप्ठ्यारो भनेर चिनिने खुम्बु आइसफलमा बाटो बनाउनु निकै चुनौती छ र यस वर्ष ठूला खाल्डा र चिराले झनै समस्या थपेको आइसफल डाक्टरका कमाण्डर शेर्पाले बताउनुभयो । विसं २०७१ मा हिमपहिरोका कारण १६ जना शेर्पाले ज्यान गुमाएपछि तथा गत वैशाखमा भूकम्प गएपछि आरोहण रद्द भएको थियो । बाटो बनाउन कठिन भए पनि भूकम्पपछि झरेको हिउँको ढिस्को सुरक्षित रहेको आइसफल डाक्टरले जानकारी दिएका छन् ।
अर्को सातासम्ममा दोस्रो शिविरसम्मको बाटो बनाउने गरी काम भइराखेको र भिडभाड कम होस् भनेर कतिपय स्थानमा दुई वटा बाटो बनाइरहेको एसपिसिसीका प्रशासक निशान श्रेष्ठले जानकारी दिनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?