लण्डन । मगर संघ युकेकाे यही अप्रिल २ मा हुनगइरहेकाे पाँचाैँ महाधिवेसनबाट चुनिने नयाँ कार्यसमितिकाे नेतृत्वका लागि पाँच जनाले इच्छा देखाएका छन ।
निर्वाचन समितिले दिएकाे जानकारी अनुसार अध्यक्ष पदमा श्रीमती हिमानी राना मगर, नेम थापा मगर, सुनिल राना मगर, राजेन्द्र राना मगर र दलमान पुन मगरले उम्मेदवारी दिएका छन् । यस्तै बरिष्ठ उपाध्यक्ष पदमा नेत्र आले मगर र योग कुमार फगामी मगरले उम्मेदवारी दिएका छन् ।
महिला उपाध्यक्षमा श्रीमती अनिता राना मगरकाे मात्र उम्मेदवारी परेकाे छ भने खुलातर्फका दुइ उपाध्यक्ष पदमा बम थापा सुर्यवंशी मगर, ईन्द्र पुन मगर, बिल पुर्जा मगर, श्रीमती सिता पुन मगर मैदानमा छन् । महासचिव पदमा भरत थापा मगर र लाल बहादुर पुन मगरले उम्मेदवारी दिएका छन । कोषाध्यक्ष पदमा कसैकाे उम्मेदवारी परेकाे छैन भने सचिव र सहकाेषाध्यक्ष पदमा बीर बहादुर घर्ती मगर र होम रोका मगरकाे मात्र उम्मेदवारी परेकाे छ ।
१२ जना सदस्यका लागि २३ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा टंक मगर, ओमबहादुर रोका मगर, सुश्री दिल रोका मगर, दीप राना मगर, लक्ष्मन राना मगर, तुल्सी राना मगर, अनिल थापा मगर, रुद्र थापा मगर, श्रीमती श्रद्धा तिलिजा मगर, श्रीमती शोभा थापा मगर, कर्ण मगर, धन कुमार बुढा मगर, दधीबन्धु घर्ती मगर, तुलचन्द्र तिलिजा मगर, रमेश कुमार दुरा मगर, दिलु बुढाथोकी मगर, श्रीमती दुर्गा पुन मगर, श्रीमती धन रोका मगर, मोहन आले मगर, बीर बहादुर पुन मगर, निर्मल श्रीश मगर र रमेश राना मगर छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान