
सियान मेडिकल युनिभर्सिटीका पदाधिकारीका साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः तीर्थ भट्टराई, रासस ।
सियान साङ्सी (चीन), १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सियान सहरमा रहेको टेराकोटा सिपाही र घोडा सङ्ग्रहालयको अवलोकन गर्नुभयो ।
चीनको लगभग १८ सय वर्ष अघिको छिङ वंशका प्रथम राजा छिङ सि हुवाङको मृत्युपछि उनको आत्माको सुरक्षाका लागि करिब छ हजार सिपाहीका माटाको मूर्ति बनाई ती पनि जमिनमुनि पुरिएको विश्वास गरिन्छ ।
करिब चार दशकअघि मात्र पत्ता लागेको सो स्थानमा सिपाहीका मूर्तिसहित घोडाको मूर्ति पनि त्यसैगरी पुरिएको बताइन्छ ।
छ हजार सिपाहीको मूर्ति पुरिएको विश्वास गरिए पनि हालसम्म दुई हजारको मात्र उत्खनन भएको छ ।
ती मूर्ति टुटेफुटेका हजारौँ टुक्राबाट जोडिएर राखिएका छन् भने सङ्ग्रहालयमा तीन वटा खाल्डा पिस्त रहेका छन् । अझै उत्खननको कार्य भइरहेको र सबै उत्खनन हुन वर्षांै लाग्ने योे सङ्ग्रहालय विश्व सम्पदा सूचीमा परेको छ । यसले चीनमा लाखौँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
सङ्ग्रहालयमा त्यस बेला प्रयोगमा आएका तीर, तरबार, भाला र घोडाले तान्ने बग्गी पनि भेटिएका थिए । ती खाल्डा ३० मिटरसम्म गहिरा छन् । पत्ता लाग्नु अघि त्यस ठाउँमा आधुनिक मानिसले पनि चिहान बनाउन प्रयोग गर्ने गरेको बताइएको छ ।
सङ्ग्रहालय अवलोकनपछि प्रधानमन्त्री ओलीले यस्तो विश्वसम्पदा अवलोकन गर्न पाएर खुसी लागेको बताउनुभयो । साथै उहाँले ‘यो सङ्ग्रहालयले चिनियाँ सभ्यताको गौरवमय पक्षलाई उजागर गरेको’ टिप्पणीसहित त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।
यस स्थललाई विश्वका ठूलो आश्चर्यमध्येका एक मानिन्छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी