लापुबेँसी (गोरखा), १३ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारी भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा आज पनि सक्रियतापूर्वक जुट्नुभयो ।भूकम्पबाट ध्वस्त भएको गोरखाको लापुबेंशीस्थित प्रभात किरण माध्यामिक विद्यालयको भवन पुनःनिर्माणमा राजकुमारसहित केही विदेशी युवा निरन्तर जुटेका हुन् ।
आफ्नो औपचारिक भ्रमण सम्पन्न भएपछि पनि राजकुमार ह्यारी आफ्नो भ्रमण लम्ब्याएर सहयोगीहरुका साथ विद्यालयको पुनःनिर्माणमा सघाउन बिहीबार यहाँ आउनुभएको हो । यहाँ रहँदा उहाँँले डोकोमा ढुङ्गा बोक्नुभयो भने आज नजिकैको जङ्गलबाट काठको टिम्मा बोकेर ल्याउनुभएको थियो ।
ह्यारीसँग मिलेर भवन निर्माणमा जुटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङले विदेशीले यसरी आफ्नो गाउँको विद्यालय भवन बनाउन सुरु गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
नेपाल भ्रमणमा आउनुभएका राजकुमार ह्यारीले पुनःनिर्माणमा जुटेर दुर्गमका विद्यार्थीको शिक्षामा सहयोग गर्नु उदाहरणीय काम भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । भूकम्पले ध्वस्त बनेको यस विद्यालयको ११ कोठे भवन बनाउन लागिएको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी