लन्डन । भूपू गोर्खाहरुले शुक्रबार बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आयोजना गरेको प्रदर्शनमा सहभागी हुन अल्डरसटबाट आएका एक वृद्ध हराएका छन् ।
सोलुखुम्बु निवासी ७३ वर्षीय दुर्गा प्रसाद राई लन्डन वेष्टमिनिष्टरबाट हराएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सूर्य नेम्वांगले जानकारी दिए । समितिकै आग्रहमा भूपू गोर्खा आन्दोलनमा सहभागी हुन लन्डन गएका थिए ।
ति वृद्ध अल्डरसटबाट बस रिजर्भसहित आएको समूहमा थिए । पछि फर्कने क्रममा संख्या गन्दा उनी भेटिएनन् ।
नेम्वांगले उनी हराएपछि खोजी तीव्र पारिएको जनाउंदै परिवारले प्रहरीमा उजुरी गरेको समेत बताए ।
ति वृद्धका परिवार र सत्याग्रह समितिले खोजीमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ