लन्डन । भूपू गोर्खाहरुले शुक्रबार बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आयोजना गरेको प्रदर्शनमा सहभागी हुन अल्डरसटबाट आएका एक वृद्ध हराएका छन् ।
सोलुखुम्बु निवासी ७३ वर्षीय दुर्गा प्रसाद राई लन्डन वेष्टमिनिष्टरबाट हराएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सूर्य नेम्वांगले जानकारी दिए । समितिकै आग्रहमा भूपू गोर्खा आन्दोलनमा सहभागी हुन लन्डन गएका थिए ।
ति वृद्ध अल्डरसटबाट बस रिजर्भसहित आएको समूहमा थिए । पछि फर्कने क्रममा संख्या गन्दा उनी भेटिएनन् ।
नेम्वांगले उनी हराएपछि खोजी तीव्र पारिएको जनाउंदै परिवारले प्रहरीमा उजुरी गरेको समेत बताए ।
ति वृद्धका परिवार र सत्याग्रह समितिले खोजीमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी