
लण्डन । नेपाल–बेलायतबीच सम्बन्ध स्थापना भएको २०० वर्षगाँठको अवसरमा ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले यहाँ एक कार्यशालाको आयोजना गरेको छ ।
२३ मार्चमा स्कुल अफ अफ्रिकन एण्ड एसिया स्टडिज (सोआस) मा आयोजित सो कार्यशालामा नेपाल–बेलायत सम्बन्धका बारेमा विभिन्न सात शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएका थिए । ती कार्यपत्रहरुमाथि विस्तृत छलफल गरिएको थियो ।
पहिलो सत्रको अध्यक्षता फोरमका निवर्तमान अध्यक्ष प्रोफेसर माइकल हटले गरेका थिए । सो सत्रमा तीनवटा कार्यपत्र प्रस्तुत भएका थिए । जसमा टम बेलले ‘किनलाककाे काठमाडाैँ यात्रा के भयाे’, बर्नाडो माइकलले ‘राज्य र क्षेत्र : एक समस्या निदानकाे रूपमा अंग्रेज-गाेर्खा युद्ध’, चार्ल्स आलनले ‘याैन दुराचारी कुचीकार : बीएच हज्सन र नेपालमा हिन्दु तथा बेलायती-भारतीय कानुनकाे द्वन्द्व विषयमा कार्यपत्र पेश गरेका थिए । दोस्रो सत्रको अध्यक्षता प्रोफेसर डेभिड गेल्नरले गरेका थिए । सो सत्रमा कृष्ण अधिकारीले ‘बेलायतमा पहिलाे नेपाली: माेतिलाल सिंह र प्रधानमन्त्री जंगबहादुर’ र सञ्जिव उप्रेतीलेले ‘जंगबहादुर, चन्द्र शमसेर र गाेरखा सैन्य: बेलायती र नेपाली पुरूषत्वकाे प्रतिनिधित्व’ विषयमा कार्यपत्र पेश गरेका थिए ।
तेस्रो सत्रको अध्यक्षता डा. कृष्ण अधिकारीले गरेका थिए । सो सत्रमा ब्राइनी ह्वीटमासले ‘नारायणहिटी दरबारकाे परिकल्पनामा राजनीतिक अावद्धताकाे प्रत्याभूति’ तथा इयान हार्पर र जीवन शर्माले ‘अार्थिक सहायताकाे काेणबाट बेलायत-सम्बन्ध’ कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रको साँझमा इतिहासकार जोन ह्वेल्पटनले ‘राष्ट्रवादको सीमाः नेपाल र बेलायतमा राजनीतिक पहिचान’ विषयमा प्रवचन दिएका थिए ।
कार्यक्रमलाई अक्सफोर्ड विश्वविद्यालयको अल सोल्स कलेज, एकेडेमी र सोआस साउथ एसिया इन्स्टिच्यूटले सहयोग गरेका थिए । त्यसैगरी प्रस्तुत कार्यपत्रहरू समेटेर जाेन ह्वेल्पटनकाे सम्पादकत्वमा एक प्रतिष्ठित जर्नलमा विशेषांक वा स्थापित प्रकाशकद्वारा एक पुस्तक नै प्रकाशन गर्ने याेजना रहेकाे काउन्सिलका महासचिव डा. अधिकारीले जानकारी दिए ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त