
सोल, ११ चैत । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन बिहीबार निर्देशन दिनुभएको समाचार छ ।
उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको भन्दै आफ्नो सेनलाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिनुभएको बताइएको छ ।
गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाले बुधबार मात्र जनाएको थियो ।
यसै क्रममा बिहीबार राष्ट्रपति हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापहरुलाई बढाउन आग्रह गर्नुभएको बताइएको छ ।
उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि अर्काे परीक्षणको तयारी गरिरहेको सूचना प्राप्त भएको समाचारमा जनाइएको छ ।
बुधबार मात्र पनि यस्तो कुनैपनि परीक्षणका विरुद्धमा आपूmहरु तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले जानकारी दिएको थियो । राष्ट्रपति हाइले बिहीबार सेनाका नाममा देशव्यापी सतर्कताको सूचना जारी गर्नभएको हो ।
दक्षिण कोरियाली सरकारका प्रवक्ता ज्योन जुन हिले सोमबार भन्नुभएको थियो– उत्तर कोरियाले पाँचाँै पटक यस्तो परीक्षण गर्दैछ र हामी त्यसका लागि त्यसको प्रतिकारको तयारीमा छौँ ।
उहाँले उत्तर कोरियाले गतहप्ता पनि यस्तै व्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको जनाएको हो ।
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्काे व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले बिहीबारमात्र यस्तो क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिइएको थियो ।
गतहप्तामात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गर्नुभएको छ । अमेरिका र संयुक्त राष्ट्रसंघले यस्तो नाकाबन्दी गरेका हुन् ।
गत दुई हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो ।
दक्षिण कोरियाली राष्ट्रपति हाइले बिहीबार प्रकाशन गर्नुभएको सूचनामा सेनालाई उच्च सतर्कताका साथ कामगर्न भन्नुभएको छ भने सर्वसाधारण नागरिकलाई पनि परिस्थिति सङ्कटकालीन भएकोले सावधानी अपनाउन आह्वान गर्नुभएको छ ।
उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने पनि उहाँले सो सूचनामा बताउनुभएको छ ।
परिस्थिति असहज मात्र हो र यसले हामीलाई केही गर्दै भन्दै तर यस्तो अवस्थामा सतर्कता र सावधानी सबै पक्षबाट अपनाउनुपर्ने उहाँको धारणा छ ।
पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्काेगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त