काठमाडौं। हृदयघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार डिस्चार्ज गरिने भएको छ। स्वास्थ्यमा सुधार भएकाले शाहलाई डिस्चार्ज दिने तयारी भएको हो । 
उपचारमा चिकित्सकले शाहले नियमित खानपिनसँगै अलिअलि हिँडडुल पनि थालिसकेका छन् । उनलाई शनिबार राति हृदयघात भएको थियो । राति साढे ९ बजेतिर अचानक छाती दुख्ने, पसिना आउने र रिंगटा लाग्ने लक्षण देखिएपछि नर्भिक अस्पताल पु¥याइएको थियो । पूर्व राजा ज्ञानेन्द्र ६८ वर्षका छन् ।
अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट र डा. रावतले तत्कालै एन्जियोप्लास्टी गराएका थिए । त्यसलगत्तै शाहलाई भिआइभी सिसियुमा राखिएको थियो ।
चिकित्कसकहरूका अनुसार केही वर्षदेखि उच्च रक्तचाप पीडित रहेको शाहलाई आर्मीका चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।
पूर्वराजा शाहलाई अस्पतालमा परिवारका सदस्य र केही भिभिआइपीलाई मात्रै भेट्न दिइएको छ । अस्पतालमा राजा भेट्न आमा रत्न, श्रीमती कोमल, बुहारी हिमानी, छोरी प्रेक्षासमेत पुगेका थिए ।
यस्तै, पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टसमेत अस्पताल पुगेका थिए । अस्पतालमा स्वास्थ्यलाभको कामनाका लागि दिनभरजसो जम्मा भएका राजनीतिक नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको भीड थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा