लन्डन । साउथ इष्ट लन्डनको रोयल बरो अफ ग्रीनवीचमा कार्यरत गैर नाफामुलक संस्था ‘स्किल्स् एण्ड केयर सिआइसी टिम’ ले कम्युनिटी अवार्ड प्राप्त गरेको छ । रोयल बरो अफ ग्रीनवीचले गत १८ मार्च शुक्रबार उलवीच टाउन हलमा आयोजित एक भव्य समारोहबीच उक्त अवार्ड प्रदान गरेको हो ।
तीन वर्ष अघि स्थापित उक्त संस्थाले ग्रीनवीच बरोमा सामाजिक, आर्थिक तथा भौतिक कल्याणका लागि विशिष्ट योगदान गरे वापत अवार्ड प्रदान गरिएको रोयल बरो अफ ग्रीनवीच मेयर नोर्मन आडम्स्, लिडर डेनिस हाइल्याण्ड र चिफ एक्जुकेटिभ जोन कोम्बरद्वारा संयुक्त रुपमा हस्ताक्षरित अवार्डमा उल्लेख छ ।
उक्त संस्थाले नेपालमा विनाशकारी भूकम्प लगत्तै २० टन राहत सामाग्री र काउन्सिलको सहकार्यमा करिब २० हजार पाउण्ड संकलन गरि पीडितसमक्ष दिएको थियो ।
उसले नेपाली समुदायलाई सशक्त बनाउन विभिन्न क्रियाकलाप गर्दै आएको छ । यसले हालसम्म ३० जना स्वयंसेवकहरुलाई प्रशिक्षण दिई समुदायको हितमा परिचालन गरिसकेको छ । संस्थाले भूपू वृद्धवृद्धा गोर्खाहरुलाई अंग्रेजी भाषा कक्षा दिइरहेको छ । यसअघि उसले वालवालिकालाई नेपाली संगीत र नृत्य कक्षा एवं गोर्खा परिवारका महिलाहरुलाई सिलाइ बुनाइ तालिम प्रदान गरेको थियो । संस्थाले वर्षेनी च्यारिटी डिनर गरेर सामाजिक काम गर्दै आएको छ ।
मेयरको वाहुलीबाट अवार्ड ग्रहण गरेपछि संस्थामा आवद्ध स्वयंसेविका सिमी पुन श्रेष्ठले आफूहरुको कडा परिश्रमको मुल्यांकन भएकामा खुशी व्यक्त
गर्दै यसले भविष्यमा सामाजिक काम गर्न अझ प्रेरणा मिल्ने बताइन् ।
अवार्ड ग्रहण गर्न स्टेजमा सोनिया थापा लगायत अन्य स्वयंसेवकहरु उपस्थित थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा