लन्डन । साउथ इष्ट लन्डनको रोयल बरो अफ ग्रीनवीचमा कार्यरत गैर नाफामुलक संस्था ‘स्किल्स् एण्ड केयर सिआइसी टिम’ ले कम्युनिटी अवार्ड प्राप्त गरेको छ । रोयल बरो अफ ग्रीनवीचले गत १८ मार्च शुक्रबार उलवीच टाउन हलमा आयोजित एक भव्य समारोहबीच उक्त अवार्ड प्रदान गरेको हो ।
तीन वर्ष अघि स्थापित उक्त संस्थाले ग्रीनवीच बरोमा सामाजिक, आर्थिक तथा भौतिक कल्याणका लागि विशिष्ट योगदान गरे वापत अवार्ड प्रदान गरिएको रोयल बरो अफ ग्रीनवीच मेयर नोर्मन आडम्स्, लिडर डेनिस हाइल्याण्ड र चिफ एक्जुकेटिभ जोन कोम्बरद्वारा संयुक्त रुपमा हस्ताक्षरित अवार्डमा उल्लेख छ ।
उक्त संस्थाले नेपालमा विनाशकारी भूकम्प लगत्तै २० टन राहत सामाग्री र काउन्सिलको सहकार्यमा करिब २० हजार पाउण्ड संकलन गरि पीडितसमक्ष दिएको थियो ।
उसले नेपाली समुदायलाई सशक्त बनाउन विभिन्न क्रियाकलाप गर्दै आएको छ । यसले हालसम्म ३० जना स्वयंसेवकहरुलाई प्रशिक्षण दिई समुदायको हितमा परिचालन गरिसकेको छ । संस्थाले भूपू वृद्धवृद्धा गोर्खाहरुलाई अंग्रेजी भाषा कक्षा दिइरहेको छ । यसअघि उसले वालवालिकालाई नेपाली संगीत र नृत्य कक्षा एवं गोर्खा परिवारका महिलाहरुलाई सिलाइ बुनाइ तालिम प्रदान गरेको थियो । संस्थाले वर्षेनी च्यारिटी डिनर गरेर सामाजिक काम गर्दै आएको छ ।
मेयरको वाहुलीबाट अवार्ड ग्रहण गरेपछि संस्थामा आवद्ध स्वयंसेविका सिमी पुन श्रेष्ठले आफूहरुको कडा परिश्रमको मुल्यांकन भएकामा खुशी व्यक्त
गर्दै यसले भविष्यमा सामाजिक काम गर्न अझ प्रेरणा मिल्ने बताइन् ।
अवार्ड ग्रहण गर्न स्टेजमा सोनिया थापा लगायत अन्य स्वयंसेवकहरु उपस्थित थिए ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]