लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध भएका छन् । शाखाको ६ मार्चमा हुने तेस्रो अधिवेसनका लागि आइतबार भएको उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि खपांगीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।
यसअघि विमला सेनेले उम्मेदवारी दिएपनि पछि उनले एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् । यसको औपचारिक घोषणा भने ६ मार्च आइतबार अधिवेशनकाबीच हुनेछ ।
निर्वाचन समितिले जनाएअनुसार, कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सचिव शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेतीको मात्र उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध भए ।
निर्वाचन समितिको संयोजकमा विजय थापा र सदस्यहरु भगिरथ योगी, नवीन पोखरेल, कृष्ण भट्ट र सुरेशजंग शाह एवं कानुनी सल्लाहकार राजु थापा छन् ।
अन्य उम्मेदवारहरु
वरिष्ठ उपाध्यक्ष
क. धर्मराज अधिकारी
ख. श्याम लुईंटेल
३. उपाध्यक्ष
क. मिलन शर्मा
ख. ध्रुवराज अर्याल
४. महासचिव
क. लिलामान शेरपुन्जा
ख. नारायण पौडेल गाउंले
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते