लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध भएका छन् । शाखाको ६ मार्चमा हुने तेस्रो अधिवेसनका लागि आइतबार भएको उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि खपांगीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।
यसअघि विमला सेनेले उम्मेदवारी दिएपनि पछि उनले एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् । यसको औपचारिक घोषणा भने ६ मार्च आइतबार अधिवेशनकाबीच हुनेछ ।
निर्वाचन समितिले जनाएअनुसार, कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सचिव शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेतीको मात्र उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध भए ।
निर्वाचन समितिको संयोजकमा विजय थापा र सदस्यहरु भगिरथ योगी, नवीन पोखरेल, कृष्ण भट्ट र सुरेशजंग शाह एवं कानुनी सल्लाहकार राजु थापा छन् ।
अन्य उम्मेदवारहरु
वरिष्ठ उपाध्यक्ष
क. धर्मराज अधिकारी
ख. श्याम लुईंटेल
३. उपाध्यक्ष
क. मिलन शर्मा
ख. ध्रुवराज अर्याल
४. महासचिव
क. लिलामान शेरपुन्जा
ख. नारायण पौडेल गाउंले
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]