सवारी नियम उल्लङ्घन गर्नेको जानकारी दिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले एकसय रुपैयाँको रिचार्ज कार्ड दिने भएको छ । सवारी नियम उल्लङ्घन गरिएको पुष्टि हुने गरी ट्राफिक प्रहरीलाई जानकारी दिएमा तुरुन्तै रिचार्ज कार्ड प्रदान गर्ने ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।
यातायात व्यवसायी समिति गोरखासँगको समन्वयमा ट्राफिक प्रहरीले रिचार्ज कार्ड दिने भएको हो । ट्राफिक प्रहरीले व्यस्त चोकमा हेल्प डेस्क स्थापना गरेर रिचार्ज कार्ड अभियान सुरु भएको बताएको छ ।
गोरखाको हरमटारी चोक, क्षेत्र नम्बर २ प्रवेश गर्ने बाह्रकिलो बजार चोक, क्षेत्र नं ३ को घ्याम्पेसाल चोक, दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार, क्षेत्र नं २ को पालुङटार, भच्चेक, छोप्राकको चोरकाटेलगायतका ठाउँमा पनि हेल्प डेस्क स्थापना गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेको जो–कोहीले देखेमा प्रहरीको पैसा नलाग्ने टेलिफोन १०० मा तुरुन्तै सम्पर्क गरेर जानकारी दिन सर्वसाधारणलाई ट्राफिक प्रहरीले अनुरोध पनि गरेको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ