पूर्व प्रधानन्यायाधीश न्यायाधीश अनुपराज शर्मा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष नियुक्त भएका छन् । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले शर्मालाई अध्यक्ष र प्रकाश वस्ती, मोहना अन्सारी, सुदीप पाठक र गोविन्द पौडेललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । वस्ती सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । 
अन्सारी एमाले र पाठक नेपाली कांंग्रेसको कोटाबाट नियुक्त भएका हुन् । प्रधानमन्त्रीको अध्यक्ष हुने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख र विपक्षी दलका नेतासहितका सदस्य रहने गरेको छ । बाँकेकी पूर्व शिक्षिका अन्सारी अधिवक्ता हुन् । यसअघि उनी महिला आयोगका सदस्य थिइन् । मानवअधिकारवादी पाठक राजाको शासनकालमा पनि आयोेगको सदस्यमा नियुक्त गरिएको थियो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख सुभाषचन्द्र नेम्वाङले अन्य संवैधानिक निकाय रिक्त रहेको नियुक्ति प्रधानमन्त्री विदेश भ्रमणबाट फर्के पछि गरिने बताए। लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकाय लामो समयदेखि रिक्त रहेको छ ।
तस्विर सौजन्य: नेपालन्युज डट कम
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह