नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले कार्यकाल एक वर्ष थपेको छ । केन्द्रीय कार्यालय सानेपामा सात महिनापछि सोमबार बसेको बैठकले पार्टी विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थपेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
बैठकमा सभापति सुशील कोइरालाले कार्यकाल एक वर्ष लम्ब्याउने प्रस्ताव गरेका थिए । बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यले सभापतिसँग म्याद थप्नु पर्ने कारण माग गरेका थिए । ११ औं महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिको समयावधी असोज ५ गतेबाट समाप्त हुँदैछ । तर विधान असाधारण अवस्थामा कार्य समितिको म्याद एक वर्ष थप्न सकिने प्रावधानलाई टेकेर कोइरालाले सो प्रस्ताव गरेका हुन् । बैठकमा देउवा पक्षका सदस्यहरुले कार्यवधी समाप्त हुन लागेको समयमा वैठक राखेर समय थप्ने प्रस्ताव ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बैठकमा वरिष्ठ नेता देउवा भने उपस्थित थिएनन् । सभापति कोइरालाले सहमतिअनुसार केन्द्रीय सदस्य थप्दा आफू निकट व्यक्तिलाई नराखेको भन्दै देउवा बैठकमा अनुपस्थित भएका हुन् । कोइरालाले ६ पूर्ण र ६ आमन्त्रित सदस्यको मनोनयन गर्दा देउवा पक्षका २–२ जना दिने भनिए पनि संस्थापनले एकलौटी गरेको भन्दै देउवा असन्तुष्ट छन् । कोइरालाले विधानअनुसार कार्यकाल समाप्त हुनु एक साताअघि विभिन्न नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ