महाधिवेशन भएको चार वर्षपछि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ६ पूर्ण र ६ आमन्त्रित गरि १२ जना केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
पूर्ण केन्द्रीय सदस्य अन्तर्गत जुम्लाका दीनबन्धु श्रेष्ठ, महोत्तरीका श्याम घिमिरे, तनहुँका गोबिन्द भट्टराई, मोरङका गुरु घिमिरे, तनहुँका प्रदीप पौडेल रहेका सभापति सुशील कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी रिक्त रहेको एक स्थानमा सभापति कोइराललाले कञ्चनपुरका रामप्रताप लोहारलाई मनोनयन गरेका छन् । भट्टराई, घिमिरे र पौडेले भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरु हुन् । त्यसैगरी आमन्त्रित केन्द्रीय सदस्यमा कञ्चनपुरका यज्ञराज जोशी, सुनसरीकी दिलकुमारी राई, धनुषाका भोला चौधरी, डडेलधुराका केशव सिंह, बर्दियाका महेन्द्र शर्मा, महोत्तरीका कल्याण गुरुङ रहेका छन् । सिंह, शर्मा र गुरुङ विद्यार्थी राजनीतिबाट आएका हुन् ।
१२ औं महाधिवेशनको कार्याकाल सकिन एक साता बाँकी रहेको समयमा कोइरालाले केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा