महाधिवेशन भएको चार वर्षपछि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ६ पूर्ण र ६ आमन्त्रित गरि १२ जना केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
पूर्ण केन्द्रीय सदस्य अन्तर्गत जुम्लाका दीनबन्धु श्रेष्ठ, महोत्तरीका श्याम घिमिरे, तनहुँका गोबिन्द भट्टराई, मोरङका गुरु घिमिरे, तनहुँका प्रदीप पौडेल रहेका सभापति सुशील कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी रिक्त रहेको एक स्थानमा सभापति कोइराललाले कञ्चनपुरका रामप्रताप लोहारलाई मनोनयन गरेका छन् । भट्टराई, घिमिरे र पौडेले भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरु हुन् । त्यसैगरी आमन्त्रित केन्द्रीय सदस्यमा कञ्चनपुरका यज्ञराज जोशी, सुनसरीकी दिलकुमारी राई, धनुषाका भोला चौधरी, डडेलधुराका केशव सिंह, बर्दियाका महेन्द्र शर्मा, महोत्तरीका कल्याण गुरुङ रहेका छन् । सिंह, शर्मा र गुरुङ विद्यार्थी राजनीतिबाट आएका हुन् ।
१२ औं महाधिवेशनको कार्याकाल सकिन एक साता बाँकी रहेको समयमा कोइरालाले केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ