मोरङ जिल्ला प्रहरीले शनिबार राति पक्राउ गरेका मधेशका अभियन्ता डा. सिके राउतविरुद्ध अनुसन्धान शुरु भएको जनाएको छ । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गणेशराज कार्कीले राउतलाई ६ दिनको प्रहरी हिरासतमा पठाएको बताएका छन् । कार्की राष्ट्रिय अखण्डतामा आँच आउने गरी बोलेको रेकर्ड आफूसँग रहेका बताए । शनिबार राति पक्राउ गरिएका राउतलाई कसैसँग पनि भेट दिएको छ । 
मोरङ प्रहरीका डिएसपी प्रभु ढकालले राउतविरुद्ध अनुसन्धान भैरहेको र उनलाई सार्वजनिक अपराध ऐनअनुसार पक्राउ गरिएको जनाएका छन् । गत महिना राजनीति सहमति तथा संवाद सहकार्य समितिको बैठकमा राउतले मधेशमाथि निरान्तर दमन भए त्यो देशबाट छुटिएर स्वतन्त्र देश बन्ने बनाएका धारणा राखेका थिए । ‘मधेशको इतिहास नामको पुस्तक लेखेका राउतका एक दर्जनभन्दा दस्तावेज प्रकाशित छन् । सप्तरी महदेवाका राउत पेशा वैज्ञानिक हुन् ।
पछिल्लो समयमा राउतलाई गृह मन्त्रालयले निगरानी राख्दै आएको थियो । उनलाई पक्राउ गर्न मन्त्रालयले एक साता अघि नै निर्देशन दिएको छ ।
यसैबीच पूर्व प्रधामन्त्री बाबुराम भट्टराई राउतलाई पत्राउ गरेर सरकारले ठूलो गल्ती गरेको भन्दै रिहा गर्न माग ग्रेका छन् । आफ्नो ट्वीटरमा भट्टराई राउतको धारणामा सहमत हुन नसकिने पनि जनएक(ा छन् । त्यसैगरी पद्मरत्न तुलाधरसहितका एक डेढ दर्जन मनाधिकारवादीहरुले पनि राउत रिहाइको मागगरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित