मस्तिष्कघात र हृदयघातपछि नर्भिक अस्पतालमा उपचाररत एमाओवादी नेता पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । चिकित्सकहरूका अनुसार बोगटीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । 
लामो समयदेखि उच्च रक्तचापबाट पीडित बोगटीले छातीमा पीडा महसुस गरेपछि बिहीबार राति गंगालाल हृदयरोग केन्द्र पुर्याइएको थियो ।
चिकित्सकका अनुसार बोगटीको मस्तिष्कमा देब्रेतर्फको बीच भागमा ठूलो चोट एवं रगत जमेको छ । उनलाई परिवारका सदस्य तथा पार्टीले थप उपचारका लागि विदेश लैजान खोजेपनि चिकित्सकहरुले अवस्था गम्भीर भएको अस्वीकार गरेका छन् ।
मस्तिष्कको उपचार गर्न बोगटीलाई शुक्रबार नर्भिक अस्पताल भर्ना गरिएको थियो । बोगटीलाई न्युरोलोजिस्ट डा. पंकज जलान नेतृत्वको टोलीले उपचार गरिरहेको छ । मुटुसम्बन्धी उपचारमा गंगालालकै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट गर्दै आएका छन् । चिकित्सकले मस्तिष्कघात र हृदयघात एकैपटक भएकाले दिनुपर्ने औषधिसमेत दिन नसकिएको बताएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो