मस्तिष्कघात र हृदयघातपछि नर्भिक अस्पतालमा उपचाररत एमाओवादी नेता पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । चिकित्सकहरूका अनुसार बोगटीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । 
लामो समयदेखि उच्च रक्तचापबाट पीडित बोगटीले छातीमा पीडा महसुस गरेपछि बिहीबार राति गंगालाल हृदयरोग केन्द्र पुर्याइएको थियो ।
चिकित्सकका अनुसार बोगटीको मस्तिष्कमा देब्रेतर्फको बीच भागमा ठूलो चोट एवं रगत जमेको छ । उनलाई परिवारका सदस्य तथा पार्टीले थप उपचारका लागि विदेश लैजान खोजेपनि चिकित्सकहरुले अवस्था गम्भीर भएको अस्वीकार गरेका छन् ।
मस्तिष्कको उपचार गर्न बोगटीलाई शुक्रबार नर्भिक अस्पताल भर्ना गरिएको थियो । बोगटीलाई न्युरोलोजिस्ट डा. पंकज जलान नेतृत्वको टोलीले उपचार गरिरहेको छ । मुटुसम्बन्धी उपचारमा गंगालालकै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट गर्दै आएका छन् । चिकित्सकले मस्तिष्कघात र हृदयघात एकैपटक भएकाले दिनुपर्ने औषधिसमेत दिन नसकिएको बताएका छन् ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द