विवादका कारण नेपाली कांग्रेसको भातृ सगठन नेपाल विद्यार्थी संघको महाधिवेशन पाँचौ पटक स्थगित भएको छ । कांग्रेस पदाधिकारीहरुको शनिबार बिहान प्रधानमन्त्री निवासमा वालुवाटारमा बसेको बैठकले अनिश्चिकालसम्मका लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
‘अर्को सूचना नहुञ्जेलसम्मका लागि महाधिवेशन स्थागित गर्ने निर्देशन पार्टी पदाधिकारीको बैठकले दिएको छ,’ नेविसंघ प्रवक्ता युपी लामिछानेले वीनेपालीसँग भने, ‘विवाद भएको स्थानको मतदाता नामावली एक साताभित्र केन्द्रमा बुझाउन पनि निर्देशन भएको छ ।’ महाधिवेशन आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम थियो । नेविसंघले कीर्तिपुरमा सत्र गर्ने तयारी गरेको थियो भने २ हजार २ सय प्रतिनिधि सहभागी हुने जनाइएको थियो । नेविसंघमा एक दर्जन जिल्ला तथा प्रमुख क्याक्पसका महाधिवेशन प्रतिनिधिको बारेमा विवाद थियो । विवादका कारण केही जिल्लामा अधिवेशन समेत हुनसेकेको छैन । २०६८ माघमा रञ्जित कर्णलाई आयोजक कमिटी गठन गर्दै ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिइएको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा