विवादका कारण नेपाली कांग्रेसको भातृ सगठन नेपाल विद्यार्थी संघको महाधिवेशन पाँचौ पटक स्थगित भएको छ । कांग्रेस पदाधिकारीहरुको शनिबार बिहान प्रधानमन्त्री निवासमा वालुवाटारमा बसेको बैठकले अनिश्चिकालसम्मका लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
‘अर्को सूचना नहुञ्जेलसम्मका लागि महाधिवेशन स्थागित गर्ने निर्देशन पार्टी पदाधिकारीको बैठकले दिएको छ,’ नेविसंघ प्रवक्ता युपी लामिछानेले वीनेपालीसँग भने, ‘विवाद भएको स्थानको मतदाता नामावली एक साताभित्र केन्द्रमा बुझाउन पनि निर्देशन भएको छ ।’ महाधिवेशन आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम थियो । नेविसंघले कीर्तिपुरमा सत्र गर्ने तयारी गरेको थियो भने २ हजार २ सय प्रतिनिधि सहभागी हुने जनाइएको थियो । नेविसंघमा एक दर्जन जिल्ला तथा प्रमुख क्याक्पसका महाधिवेशन प्रतिनिधिको बारेमा विवाद थियो । विवादका कारण केही जिल्लामा अधिवेशन समेत हुनसेकेको छैन । २०६८ माघमा रञ्जित कर्णलाई आयोजक कमिटी गठन गर्दै ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिइएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो