नेकपा–माओवादी र संविधानसभाका प्रमुख तीन दलबीच भदौ मसान्तमा सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने सहमति भएको छ । सम्मेलनका मिति र प्रक्रिया तय गर्नका लागि गठन गरिएको कार्यदलको शुक्रबार भएको बैठकले भदौ ३१ गते सम्मेलन गर्ने निर्णय गरेको हो ।
संविधानसभा भवन नयाँ बानेश्वरमा सम्मेलन गर्ने सहमति भएको कार्यदलका सदस्य तथा एमाले नेता अग्नी खरेलले जानकारी दिए । कार्यदलमा चार वटै दलका दुई सदस्य रहेका छन् । बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलको सहभागी रहने निश्चित भएको छ । संविधानसभा बाहिर रहेको नेकपा –माओवादीको नेतृत्वमा रहेको गठबन्धनबाट कुन कुन दलको सहभागिता रहने छ भन्ने शििनबारको बैठकमा निर्धारण गरिने भएको छ । दलहरुबीच सम्मेलन कहिले गर्ने भनेर विवाद रहँदै आएको थियो । संविधानको अन्तरबस्तुको बारेमा सहमति गर्न सर्वपक्षीय सम्मेलनको माग गर्दै आएको नेकपा–माओवादीले तयारीका लागि थप समय आवश्यक रहेका भन्दै चाँडोमा असोजको पहिलो साता आयोजना गर्नुपर्ने जोेड दिँदै आएको थियो । तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा(एमाले)ले भने ढिलो सम्मेलन गर्दा कार्यतालिका प्रभावित हुने भन्दै भदौभित्रै सम्मेलन गर्नुपर्नेमा अडान राख्दै आएको थियो । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले ढिलो गर्ने पक्षमा रहेको थियो यसअघि कार्यदल र शीर्ष नेताहरुको बैठकमा सम्मेलनको मितिको विषयमा सहमति जुट्न सकेको थिएन । मितिको विषय निर्णय गर्ने जिम्मेवारी कार्यदलले शीर्ष नेताहरु र शीर्ष नेताहरुले कार्यदल दिने निर्णयको गोलचक्करमा परेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो